Saturday, July 12, 2025

२०८२ असार २८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मौद्रिक नीति प्रति नाडाको आपत्ति के हो ?


मौद्रिक नीति प्रति नाडाको आपत्ति के हो ?

काठमाडौं । नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले राष्ट्र बैंकले शुक्रबार ल्याएको आगामी आर्थिक वर्षको मौद्रिक नीति प्रति आपत्ति जनाएको छ । अटो व्यवसायीहरूको माग र गुनासोलाई सम्बोधन नगरी नीति ल्याएको भन्दै नाडाले आपत्ति प्रकट गरेको हो ।

विज्ञप्ति जारी गर्दै नाडाले भनेको छ ‘मौद्रिक नीति हामी अटोमोबाइल व्यवसायीहरूको अपेक्षा गरेको भन्दा धेरै टाढा रहेको हामीले महसुस गरेका छौ । सो मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रले दिएको सुझावहरूलाई गम्भीरतापूर्वक नलिएको मात्र होइन कहीँ कतै सम्बोधन समेत गरिएको छैन ।’अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विद्यमान नीतिहरूलाई अहिले पनि यथावतै राखिएको जनाएको छ ।

नीतिमा सवारी ऋण, आयात प्रक्रिया, र औद्योगिक मान्यतामा कुनै उल्लेखनीय सुधार नगरिएको नाडाले जनाएको छ ।सवारी ऋणको सन्दर्भमा, विशेष गरी इन्धनबाट चल्ने तथा लग्जरी सवारी साधनहरूको प्रावधानमा अझै पनि कडाइ गरिएको नाडाको तर्क छ । मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रको उत्थानका लागि कुनै विशेष रोडम्याप अथवा सुधारका कार्यक्रमहरू तय नगरिएको नाडाले जनाएको छ ।