Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

वीरगन्ज नाकाबाट विद्युतीय कारको आयात घट्यो


वीरगन्ज नाकाबाट विद्युतीय कारको आयात घट्यो

विरगञ्ज । सर्वाधिक सवारीसाधन आयात हुने नाका वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी परिसरमा चार्जिङ स्टेसन नहुँदा यो नाकाबाट विद्युतीय कारको आयात घटेको छ । गत आर्थिक वर्षको माघ मसान्तसम्मको तुलनामा चालु आवको यसै अवधिमा यो नाकाबाट विद्युतीय कारको आयात ह्वात्तै घटेको छ ।

वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार समीक्षा अवधिमा यो नाका हुँदै १७ वटा मात्र विद्युतीय जिप, कार, भ्यान आयात भएका छन् । ६ करोड मूल्य बराबरका १७ वटा यस्ता सवारी आयात हुँदा ८ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

गत आवको सोही अवधिमा ६७ करोड रुपैयाँ बराबरको ३ सय १४ वटा विद्युतीय सवारीसाधन आयात भएका थिए । जसबाट ३२ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।