Saturday, July 26, 2025

२०८२ श्रावण ११, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सानिमा बैंकको अन्तर बैंक टेलर क्यूआर कारोबार सेवा सञ्चालनमा


सानिमा बैंकको अन्तर बैंक टेलर क्यूआर कारोबार सेवा सञ्चालनमा

काठमाडौं । डिजिटल बैंकिङ्ग प्रबिधिको नयाँ अनुभव महसुस गरी ग्राहकहरूलाई सहज र सरल रूपमा सुविधा दिने उद्देश्य लिई सानिमा बैंकले फोनपे संगको सहकार्यमा अन्तर बैंक टेलर क्यूआर कारोबार सेवा सञ्चालनमा ल्याएको छ ।

यस सेवा अन्तर्गत ग्राहकहरूले फोन पे नेटवर्कमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी सानिमा बैंकको कुनै पनि शाखाबाट रकम झिक्न सकिने बैंकले जनाएको छ ।

यो सेवाले दुर्गम स्थानका शाखामा सीमित एटिएम पहुँच भएका ग्राहकहरूलाई आपत्कालीन अवस्थामा रकम झिक्न सहयोग गर्नेछ । साथै, अन्य सेवा शुल्क जस्तै अनलाइन शुल्क सटही भुक्तानीका लागि पनि उपयोगी हुने बैंकले जनाएको छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरू तथा १२७ वटा एटिएमहरू सञ्चालनमा रहेका छन् ।