Saturday, May 04, 2024

२०८१ बैशाख २२, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

एक महिनाभित्र टनेलको ब्रेक थ्रू गर्न मन्त्री ज्वालाको निर्देशन


एक महिनाभित्र टनेलको ब्रेक थ्रू गर्न मन्त्री ज्वालाको निर्देशन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एक महिनाभित्र नागढुंगा—नौविसे सुरुङमार्गको टनेलको ब्रेक थ्रु गर्न निर्देशन दिएका छन् । स्थानीयको अबरोधका कारण केही समय अबरुद्ध बनेको नागढुंगा—नौविसे सुरुङमार्गको निर्माण कार्य पुनः शुरु भएसँगै एक महिनाभित्र ब्रेक थ्रु गर्न मन्त्रीको निर्देशन आएको हो ।

सुरुङमार्गको पूर्वी पोर्टलको ८३ मिटर माथी खाड्ल परेको थियो, भने ९ वटा घरहरु चर्किएका थिए । खाडल परेको ठाउँको विज्ञद्धारा अनुसन्धान गराउने र चर्किएका घरहरुलाई अस्थायी स्थानान्तर गर्ने निर्णय गरेपछि अबरुद्ध सुरुङमार्गको काम पुनः सञ्चालनमा आएको निजी सचिव रामहरी शर्माले बताए ।

‘आयोजनामा निर्माण र स्थानीय बासिन्दालाई समस्या परेपछि मन्त्रीज्यूले तत्काल सर्वपक्षिय बैठक बोलाउनुभएको थियो’ निजी सचिव शर्माले भन्नुभयो ‘पीडितपक्ष, त्यसक्षेत्रका संघिय र प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि तथा आयोजना प्रमुखको रोहवरमा निर्णय भएपछि आयोजनाको काम शुरु भएको छ ।’

सुरुङमार्ग निर्माणका क्रममा भएका समस्याहरुलाई समाधान गर्न सडक विभाग बैदेशिक महाशाखाका प्रमुख बिजय जैसीको नेतृत्वमा एक समिति गठन गरिएको छ । सुरुङमार्ग निर्माण स्थलमा कसरी खाड्ल पर्यो ? कति घरहरु चर्केका छन्, त्यसको कारण पत्ता लगाउन र पीडितहरुलाई स्थानान्तरणको ब्यवस्था गर्न समिति बनेको हो ।

आयोजना प्रभावित क्षेत्रको बाँकी मुआब्जा र क्षतिपूर्तिको समस्या तत्काल सुल्झाउने निर्णय पनि भएको छ । मुआब्जा र क्षतिपूर्तिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गृह र जिल्ला प्रशासन कार्यालय काठमाडौसँग समन्वय गरेर तत्काल समस्या सामधान गर्ने निर्णय भएको शर्माले बताए ।

अबरोध हटेपछि मन्त्री ज्वालाले करिव एक महिनाभित्र सुरुङमार्गको मुख्य टनेल ब्रेक थ्रू हुनेगरी काम गर्न आयोजना प्रमुुखलाई निर्देशन पनि दिए । सहायक टनेलको ब्रुेक थ्रु भइसकेको छ, भने मुख्य टनेलको काम अन्तिम चरणमा छ । करिव २ सय मिटर मात्र काम बाँकि रहेको आयोजनाले जनाएको छ ।