Wednesday, November 27, 2024

२०८१ मंसिर १२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

टोयोटा बिक्री गर्दै आएको बैद्यज अर्गनाइजेसनले भित्र्यायो विद्युतीय स्कुटर


टोयोटा बिक्री गर्दै आएको बैद्यज अर्गनाइजेसनले भित्र्यायो विद्युतीय स्कुटर

काठमाडौं,भारतमा लोकिप्रय बनेको इलेक्ट्रीक स्कुटर ब्राण्ड एथर नेपालमा पनि सञ्चालनमा आउने भएको छ। नेपालका लागि एथल स्कुटरको आधिकारीक वितरक बैद्यज अर्गनाइजेशनले पाएसँगै यो स्कुटर नेपाल आउने भएको हो ।बैद्य इनर्जीले एथरका उत्पादन नेपाल ल्याउने भएसँगै विद्युतीय दुईपाँग्रे ब्रान्डमा नयाँ प्लेयर थपिने भएको छ।बैद्य अर्गनाइजेशनले नेपालमा सर्वाधिक सफल टोयोटा गाडी बिक्री गर्दै आएको छ।

टोयोटा गाडी बिक्री गर्दै आएको कम्पनी दुई पाङ्ग्रे विद्युतीय सवारीसाधन तर्फपनि प्रवेश गरेको छ। बैद्य समुहले यो स्कटर ब्रान्डको आधिकारीक विक्रेतामा नियुक्त भएसँगै नेपालमा पहिलो मोडलको रुपमा ‘४५० एक्स’ आउने सम्भावना छ एथरको सफल मोडल ‘४५० एक्स’ २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको दुई ब्याट्री अप्सन सहित नेपाल आउने छ।

७ इन्चको टीएफटी डिस्प्ले रहेको यो स्कुटर निकै आकर्षक देखिन्छ। ९० किलोमिटर प्रतिघन्टाको टप स्पिड रहेको यो स्कुटरमा पार्किङ एसिस्ट, अटो होल्ड, फलसेफ, गुगल म्याप लगाएतका फिचर दिइएको छ। सिंगल चार्जमा १४६ किलोमिटरसम्म रेन्ज रहेको यो स्कुटर केहि समय भित्रै नेपाल आउने बताइएको छ।