Wednesday, July 16, 2025

२०८२ श्रावण १, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ट्र्याक खोल्ने क्रममा सिँचाइ कुलोमा क्षति


ट्र्याक खोल्ने क्रममा सिँचाइ कुलोमा क्षति

काठमाडौं । एक दशकअघि तमोर कोरिडोरको ट्र्याक खोल्ने क्रममा यहाँको टारी कुलो सिँचाइमा क्षति पुग्यो । आयोजनामा क्षति भएपछि कुम्मायक गाउँपालिका–४, शिवादोभानको फाँटमा पानी आउन छाड्यो ।

जसको असर खेतीमा प¥यो । तमोर कोरिडोरअन्तर्गत अन्यत्र कालोपत्रे भइरहँदा यहाँ भने बर्सेनि ट्र्याक खोल्ने र अलपत्र छाड्ने काम भइरहेको छ । बर्सेनि सडकको ट्र्याक खोल्दा शिवादोभानलाई सिञ्चित गर्ने टारी कुलो सिँचाइ योजनामा क्षति पुग्दै आएको छ ।

सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले बर्सेनि ट्र्याक खोल्ने, सतह मिलाउनेलगायत काममा माटो कटान गरी फाल्ने गरेको छ । यसको असर सिँचाइ आयोजनामा परेको छ ।

स्थानीय पूर्णबहादुर सम्बाहाम्फेका अनुसार सिँचाइ योजना मर्मतको प्रयास भए पनि पूर्ण रुपमा हुन सकेको छैन । सिँचाइको अभावमा खेतीयोग्य जमिन बाँझिदै जाँदा स्थानीयको आयआर्जनको स्रोत पनि बन्द भएको उनको भनाइ छ ।

सम्बाहाम्फेका अनुसार अहिले उत्पादन हुन छाडेपछि दाउरा र पानीबाहेक सबै किनेर खानुपर्ने अवस्था छ । उनका अनुसार सिँचाइको अभावमा शिवादोभानमा पर्ने फिदिम नगरपालिका –४ सरखण्डे, फिदिम–९ लुम्फाबुङ र कुम्मायक–४ रानीगाउँका खोला आसपासका खेत बाँझिएका छन् ।

कुम्मायक गाउँपालिका–४ का वडाध्यक्ष फगेन्द्रकुमार सम्बाहाम्फेले निर्माण कम्पनीले समयमै काम नगर्दा समस्या भएको बताउनुहुन्छ । सिँचाइ कुलो मर्मतका लागि चालु आर्थिक वर्ष २०८१\८२ मा कुम्मायक गाउँपालिकाले रु दुई लाख ५० हजार विनियोजन गरेको थियो । यद्यपि काम भने नभएको उहाँको भनाइ छ ।