Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर धितो कर्जामा १५० प्रतिशत जोखिम भार बढी भयोःपूर्वअर्थमन्त्री खतिवडा


सेयर धितो कर्जामा १५० प्रतिशत जोखिम भार बढी भयोःपूर्वअर्थमन्त्री खतिवडा

काठमाडौं,असोज १०। काठमाडौंमा मंगलबार नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै खतिवडाले नेप्से इन्डेक्स ३२ सय अंकमा हुँदाको जोखिम अहिले नभएको भन्दै बजारमा १५० प्रतिशतको जोखिम भार उच्च भएको बताएका छन्।नेप्से इन्डेक्स ३२०० हुँदा बजार ओभर हिटेड’ भयो भनेर मैले पनि भनेको हुँ । तर अहिले बजार ओभर करेक्सन भइसक्यो भने जोखिम भार १५० किन राख्नुपर्छ उनले प्रश्न गर्दै भने, बजार बढ्ने र घट्ने साइकलको कुरा हो ।

सेयर बजार माथि जान्छ भने त्यो बेला जोखिम बढी हुन्छ र जोखिम भार बढाउन हो । करेक्सन हुँदा जोखिम घट्छ भने जोखिम भार पनि घटाउने हो । पूर्वगभर्नर समेत रहेका खतिवडाले राष्ट्र बैंकले जोखिम देख्ने र लेख्ने प्रक्रिया पनि बुझ्न नकिएको बताए ।उनले आफू गभर्नर हुँदा कुल कर्जाको दुई प्रतिशत भन्दा धेरै सेयर धितो कर्जा बैंकले दिन नहुने व्यवस्था गरेको बताउँदै अहिले त्यही दुई प्रतिशत पुर्‍याउँदा पनि ३० देखि ४० अर्ब बजारमा जाने बताए ।३० देखि ४० अर्ब बजारमा जाँदा सेयर बजार चलायमान भइहाल्छ, उनले राष्ट्र बैंकप्रति लक्षित गर्दै भने, एउटा व्यवसायीले १ खर्बसम्म ऋण लिँदा त्यहाँ जोखिम देख्दैनौं ।

१२ करोड कसैले लगानी गर्‍यो भने त्यहाँ राष्ट्र बैंक जोखिम हुने देख्यको छ ।उनले सेयर बजार सम्बन्धी नीतिमा सानो करेक्सन गर्दा धेरै केही हुने अवस्था नभएको बताएका छन्। तर, त्यसले लगानीकर्ताको मनोबल बढ्ने र बढेको मनोबलले गर्दा हतारिएर सेयर बेच्ने प्रवृत्ति घट्ने उनले बताए। राष्ट्र बैंकका गभर्नरले आफ्नो जिम्मेवारी होइन भनेर उम्नकन नमिल्ने उनले बताएका छन्। पूर्वअर्थमन्त्री खतिवडाले अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई र राष्ट्र बैंकले नेपाल धितोपत्र बोर्डलाई हस्तेक्षप गर्नु उपयुक्त नभएको उनले बताए।

–आफ्नो क्षेत्रको काम जिम्मेवारी पूर्वक सबैले गर्दा अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई र राष्ट्र बैंकले धितोपत्र बोर्डलाई हस्तक्षेप गर्न आवश्यक हुँर्दैन,उनले भने। पूर्वअर्थमन्त्री खतिवडाले अहिलेको अवस्थामा बैंकहरुलाई काउन्टर साइाक्लिकल बफर लगाउन आवश्यक नरहेको बताए। काउन्टर साइक्लिकल बफर अर्थतन्त्र ओभर हिटेड हुँदा लगाउने हो, उनले भने, अर्थतन्त्र मन्दीमा छ। किन काउन्टर साइक्लिकल बफर लगाइयो उनले अहिलेको अवस्थामा अर्थतन्त्रलाई बुस्टर दिनुपर्ने बताएका छन्।