काठमाडौं । अघिल्लो साता देशभरि प्रभावित घुमफिर र पर्यटकीय गतिविधि सुचारु भएका छन् ।
नेपाल पर्यटन बोर्डले पछिल्लो अवस्थाबारे पर्यटकलाई जानकारी सार्वजनिक गर्दै यस्तो बताएका हो । बोर्डका अनुसार अहिले सगरमाथा, अन्नपूर्ण, लाङटाङ, मनास्लु सहित पदमार्ग खुला भएका छन् । आकास खुलेको छ भने पदमार्गको जोखिम समेत हटेको छ । पर्यटन अहिले सामान्य अवस्थामा फर्किएको समेत बोर्डले जनाएको छ ।
