Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मोबाइल र ईन्टरनेट बैकिङ मार्फत् ठगी/चोरीका घटना दिनानुदिन बढ्दै, के–के कुरामा ध्यान दिने


मोबाइल र ईन्टरनेट बैकिङ मार्फत् ठगी/चोरीका घटना दिनानुदिन बढ्दै, के–के कुरामा ध्यान दिने

–सर्वसाधारणको वित्तीय साक्षरतालागि
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली

 

काठमाडौं । वर्तमान समयमा मोबाईल बैकिङ र ईन्टरनेट बैकिङ् प्रणालीले २४सै घण्टा ग्राहकको हात मै बैकिङ सेवा दिन सम्भव बनाएको छ तर पछिल्लो केही समययता मोबाइल बैकिङ् वा इन्टरनेट बैकिङ् मार्फत् ठगी/चोरीका घटना बढेका छन् ।


कुनै अपरिचित नम्बरबाट फोन आउंछ र फोन गर्ने व्यक्तिले म बैकको कर्मचारी (नाम सहित) भनेर परिचय दिन्छ र बिस्तारै ग्राहकको खाता सम्बन्धित विवरण माग्न थाल्दछ । ग्राहकले पनि बैंकबाट आएको फोन भनेर बिस्तारै आफ्नो खाता तथा अन्य विवरण फोन गर्ने मान्छेलाई भन्दै जान्छ । ट्रान्सजेक्शन पासवर्ड र ओटीपी समेत बैकले तपाईको खाता वा अरु कुरामा अपरेटिङ गर्दैछ भनेर शेयर गर्न लगाउंछ । तत्काल खाताबाट पैसा डेविट हुन्छ अनि आत्तीयर बंैकमा खबर गर्नु पहिले नै ठगले पैसा अन्यत्र खाताहरू तथा मोबाईल वाल्लेटमा पठाइसकेको हुन्छ भने कतिपय अवस्थामा तत्काल नगद रकम निकाली सक्दछ ।


अहिले यस्तो घटनाक्रम दिनहुँ बढ्दै गइरहेको अवस्था छ । यसर्थ, बैकिङ्ग कारोबार गर्ने हरेक ग्राहकहरुले निम्न कुरा ध्यान पु¥याउन जरुरी छः


१.बैकको कर्मचारीले तपाईहरुको खाता सम्बन्धित र अन्य विवरण फोन गरेर कहिल्यै माग्दैनन् । किनकि तपाईहरुकोे विवरण पहिले नै बैंक मै रहेको हुन्छ ।
२. कुनै पनि व्यक्तिलाई (आफन्त समेत लाई) आफ्नो मोवाइल बैकिङ वा इन्टरनेट बैकिङ को पासवर्ड र पिनकोड कहिल्यै शेयर वा साझेदारी गर्नु हुँदैन । कुनै कारणबस गरिहाल्नु परेमा तत्काल परिवर्तन गर्नुहोस् ।
३. यदि ल्यापटप वा कम्प्युटर चलाउनुहुन्छ र सोही उपकरणबाट इन्टरनेट बैकिङ् वा आईपीएस कनेक्ट गरी चलाई राख्नुहुन्छ भने प्रयोगकर्ताको नाम र पासवर्ड कहिल्यै त्यसमा सेभ नगर्नुहोस् ।
४. कुनै व्यक्तिले यदि तपाईको खाता सम्बन्धित विवरणहरू शङ्कास्पद हिसाबले मागेमा होशियार हुनुहोस् र कुनै विवरण शेयर नगर्नुस् । उक्त फोन नं. र अन्य विवरण सम्बन्धित बैकमा जानकारी गराउनुहोस् ।
५. तपाईलाई लोटरी वा चिट्ठा पर्यो हामी पैसा पठाईदिन्छौ, तपाईको खाताको विवरण चाहियो भनेर आउने सन्देश र ईमेललाई लोभमा परेर जवाफ नदिनुस् । तपाईले कहिल्यै खरिद नगरेको चिट्ठा कसरी तपाईलाई पर्दछ?
६.बैकको कर्मचारीले ग्राहकको खाता संचालन गरी रकमान्तर हुन सक्ने प्रकारका कुनै विवरण माग गर्न मिल्दैन र माग्दैनन् । यसर्थ, फोनको भरमा कुनै जानकारी शेयर नगर्नुस् ।
७.आफूले कुनै भुक्तानी नगरेको अवस्थामा खाताको रकम डेविट भएको जानकारी सन्देश मार्फत् प्राप्त हँुदा तत्काल बैंकमा सम्पर्क गर्नुहोस् ।
खाता सम्बन्धित विवरण, पासवर्ड र ट्रान्सजेक्शन शेयर गर्नु भनेको पैसा राखेको मनिब्याग अर्थात् पैसाको थैलीलाई मेला लागेको चौराहामा छोडेर हिँड्नु जस्तै हो । यसले चोरी हुन्छ । तसर्थ, थैलीलाई कसेर दराजमा राखौं, लक गरौँ– चोरी र ठगीबाट बचौं !!