Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी समस्याग्रस्त घोषणा


गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी समस्याग्रस्त घोषणा

काठमाडौं । गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था समस्याग्रस्त घोषणा भएको छ । ललितपुर महानगरपालिका–१४ ताल्छीखेलस्थित गोरखा सेभिङ एन्ड क्रेडिट सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको असार ६ गतेको निर्णयबाट समस्याग्रस्त सहकारी घोषणा गरिएको हो। योसँगै समस्याग्रस्त सहकारीको संख्या २१ पुगेको छ।

गोरखा सेभिङले सहकारी ऐन, नियम, मूल्य, मान्यताविपरीत कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको पाइएपछि कारबाहीस्वरुप समस्याग्रस्त सहकारी घोषणा गरिएको मन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

 

यो संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको मन्त्रालयले जनाएको छ । तर,केहि सहकारी अभियन्ताले भने सहकारी संस्थालाई संकटमा ल्याएर बचतकर्ताको रकम सुरक्षीत हुने भन्ने ज्ञारेन्टी नभएको बताउदै आएका छन् ।