Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सहकारीले गरे बचत फिर्ताको माग


सहकारीले गरे बचत फिर्ताको माग

काठमाडौं । सहकारीले बचत रकमको हिनामिना गरेको विषय गण्डकी प्रदेशसभामा प्रवेश गरेको छ । गण्डकी प्रदेशसभाका सदस्यहरु इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड र शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता गर्ने गराउन गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराउन पर्ने भएको छ ।

प्रदेशसभाको आइतबार बसेको बैठकको विशेष समय लिएर सदस्य पाठक बेपत्ता भएका सञ्चालकको चल–अचल सम्पत्ति बेचबिखन गरी बचतकर्ताको रकम फिर्ता गर्न माग गरेका छन् । प्रदेशसभा सदस्य सुवेदीले १ हजार २ सय बचतकर्ता अहिले बिचल्लिमा परेको बताएका छन् ।

दुवै सहकारीका सञ्चालक बेपत्ता भएको र बचतकर्ताले यतिबेला आफ्नो रकम जोखिममा परेका कारण सङ्कटमा भएको भन्दै गण्डकी प्रदेश सरकारले यस्ता विषयमा तत्काल कदम चाल्नुपर्नेमा प्रदेश सभा सदस्यले जोड दिएका छन् । बागलुङ , पोखरामा गरी इमेज सहकारीले १ अर्ब ९९ करोड शिवशिखरले ४५ करोड जोखिममा पारेको बताइका छन् ।