Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सहकारीमा सर्वसाधार जनताको कुल निक्षेप ५ खर्ब


सहकारीमा सर्वसाधार जनताको कुल निक्षेप ५ खर्ब

काठमाडौं । सहकारी संस्थामा सर्वसाधारण जनताको कुल निक्षेप झन्डै ५ खर्ब रुपैयाँ पुगन गएको छ । चालू आर्थिक वर्ष २०७९, ८० को फागुन महिनासम्ममा देशभर सञ्चालनमा रहेका ३१ हजार ३७३ सहकारीमा ४ खर्ब ७८ अर्ब ३ करोड रुपैयाँ रहेको हो ।

अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९,८० अनुसार सहकारीमा सेयर सदस्य सङ्खया ७३ लाख ८१ हजार २१८ रहेको छ भने करिब साढे ३१ हजारको सङ्खयामा रहेका सहकारीको सेयर पुँजी ९४ अर्ब १५ करोड रुपैयाँ रहेको छ । यस्तै चालू आर्थिक वर्षको ८ महिनामा सहकारी क्षेत्रमा ४ खर्ब ७८ अर्ब ३ करोड रुपैयाँ बचत परिचालन भएको छ भने कर्जा प्रवाह ४ खर्ब २६ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।

सहकारी क्षेत्रमा ९१ हजार ३ सय प्रत्यक्ष रोजगार रहेकामा २०७९ फागुनसम्म यो सङ्खया ९३ हजार ७७१ पुगेको अर्थमन्त्रालयले प्रकाशित आर्थिक सर्वेक्षणमा उल्लेख गरेको छ । सहकारी गतिविधिलाई विश्वसनीय र पारदर्शी तुल्याउन एवं एकीकृत तथ्याङ्कका लागि विकास गरिएको अनलाइन प्रविधिमा आधारित सहकारी तथा गरिबी सूचना व्यवस्थापन प्रणालीमा २०७९ असारसम्म १० हजार ८४१ सहकारी संस्था आबद्ध भएका छन् । यस आर्थिक वर्षको फागुनसम्म ३ हजार २४१ थप भएका थिए हालसम्म १४ हजार ८२ सहकारी संस्था यस प्रणालीमा आबद्ध भएका छन् ।