काठमाडौं । पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा लगाइएको जलहरीको निर्माणका क्रममा बाक्लो सुरक्षाकर्मी खटिएको थियो । सशस्त्र प्रहरी बलका इन्स्पेक्टर एवं बेसक्याम्स पशुपतिका तत्कालीन प्रमुख वेदप्रसाद पनेरूले पशुपतिको जलहरी निर्माण गर्दा सुरक्षामा कुनै कमजोरी दावी गरे ।
जलहरी निर्माणमा प्रविधियुक्त नेपाली सेनाको टोली, मन्दिरभित्र नेपाल प्रहरीको टोली र बाहिर सशस्त्र प्रहरीको टोली परिचालन भएको थियो । अहिले जलहरीमा सुनको तौल र गुणस्तरको विषय उठेपछि सरक्षामा खटिएकाहरुमाथि अनुसन्धान सोझिने संकते बढेको छ ।
यता, परीक्षण गरेर विवारण निरूपण गर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ । प्रतिनिधिसभामा जलहरीमा लगाइएको धातु सुन हो वा पित्तल भन्ने विवाद भएपछि कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले सरकार वा संसद्ले समिति बनाएर तौल र सुनको गुणस्तर परीक्षण गर्न अनुरोध गरेका हुन ।
यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिहेकामा आयोगलाई पनि तौल र गुणस्तर परीक्षण गर्न आग्रह गरेको बताए । तर कुनै निकायबाट पनि सो काम नहुँदा विवाद निरूपण नभएको बताए । मुचुल्का उठाउने क्रममा कोषका तर्फबाट भएको त्रुटिका कारण सुरु भएको विवादलाई आधार मानेर अख्तियारले अनुसन्धान गरिरहेको दाबी उनको छ ।
अख्तियारले २०७८ देखि सुरु गरेको अनुसन्धानमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र पूर्वपदाधिकारीलाई बयान लिएको छ । तर यो विषय अझै टुङ्गिएको छैन । अख्तियारका प्रवक्ता भोला दाहालले अनुसन्धान जारी रहेको बताए । जलहरीमा प्रयोग भएको सुनको वैज्ञानिक ढङ्गले परीक्षण गर्ने र जलहरीको तौल गर्ने जस्ता वस्तुगत विषयमा प्रवेश नभएको उनको भनाई छ ।
जलहरीको सुनको तौल विवाद महालेखाको प्रतिवेदनमा पनि औँल्याइएको छ । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा कोषको मुचुल्कामा ‘जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको’ उल्लेख गरिएको भनिएको छ ।
प्रतिवेदनमा रिङ बनाउन प्रयोग भएको सुनको मूल्य सात करोड ८६ लाख ४६ हजार रुपियाँ रहेको उल्लेख छ । जलहरी बनाएर बाँकी रहेको सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस नगरिएको दाबी प्रतिवेदनमा प्रस्तुत छ । महालेखा परीक्षकको कार्यालयका निर्देशक एवं सहायक प्रवक्ता रमेश सुवेदीले कोषले जलहरी निर्माण गर्दाको मुचुल्काका आधारमा प्रतिवेदन आएको र बाँकी काम गर्दाको मुचुल्का विवरण नभएकाले प्रतिवेदनमा सोही कुरा उल्लेख गरिएको बताए ।
कोषका सदस्य सचिव डा. थापाले सबै काम सेनाको निगरानीमा भएकाले अनियमितताको कुनै सम्भावना नै नरहने दाबी गरे । तर मुचुल्का उठाउने व्रmममा कमीकमजोरी भएको हुन सक्ने भने स्वीकार गर्नुभयो। विवादमा आए जस्तो सुन गायव भएको विषय केवल अफवाह मात्रै भएको उनको तर्क छ । उहाँका अनुसार कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालले मुचुल्का उठाउन नमिल्ने उनको भनाई छ ।
सशस्त्र प्रहरी बलका इन्स्पेक्टर एवं बेसक्याम्स पशुपतिका तत्कालीन प्रमुख वेदप्रसाद पनेरूले पशुपतिको जलहरी निर्माण गर्दा सुरक्षामा कुनै कमजोरी नभएको उनको भनाई छ । जलहरी निर्माणमा प्रविधियुक्त नेपाली सेनाको टोली, मन्दिरभित्र नेपाल प्रहरीको टोली र बाहिर सशस्त्र प्रहरीको टोली परिचालन भएको थियो ।