काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा उठाएको प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुक मार्फत दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्री ओलीले प्रचण्ड प्रधानमन्त्री हुँदा कुनै वाचा, सङ्कल्प, निर्णय र काम पनि नभएको भन्दै अहिले आफूले आफैँलाई प्रश्न गरेर काम गरिरहेको दाबी गरे । उनले प्रचण्डले जर्जर बनाएर छाडेको अर्थतन्त्र आफूले सुधारेको जिकिर पनि गरे । आज प्रतिनिधिसभामा विशेष सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकार बिचौलियाको सारथी मात्रै बनेको आरोप लगाएका थिए ।