Tuesday, December 03, 2024

२०८१ मंसिर १८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कीर्तिपुर स्थीत दर्शन सहकारीका सबै सेवाहरु अनिश्चीतकालका लागि बन्द

बचतकर्ताहरु चरणबद्ध आन्दोलनमा


कीर्तिपुर स्थीत दर्शन सहकारीका सबै सेवाहरु अनिश्चीतकालका लागि बन्द

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगाउँ स्थीत दर्शन बचत तथा ऋण सहकारी संस्थाले अनिश्चीतकाल आफ्नो सेवा बन्द गरेको छ । पछिल्लो समय बचतकर्ताले निक्षेप फिर्ताको माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएको अवस्थामा सहकारीले सेवा बन्द गरेको हो । दर्शन साकोसका अध्यक्ष दिनेश दर्शनधारीद्धारा बिहान जारी एक विज्ञप्तीमा बचतकर्ताबीच भएको सहमति कार्यान्वयनकालागि आवश्यक तयारी गर्नुपर्ने भएकाले कार्यालयको सम्पुर्ण कामकाज बन्दगरिएको जनाएका छन् । विज्ञप्तीमा भनिएको छ, विगत केहिदिन देखि दर्शन साकोसका विरुद्धमा बचतकर्ताहरुले गरेको चरणबद्ध आन्दोलनका कारण कार्यालयको दैनिक कामकाज ठप्प बनेको छ ।


बचतकर्ताहरु कार्यालयमा आई कर्मचारीहरुमाथि गालि वेज्जति गर्ने , धरपकट गर्ने,अवशव्द प्रयोग गर्ने, कार्यालयमा तोडफोटसम्मको अवस्थाले कर्मचारीहरुमा त्रास बढेको छ,यस्तो अबस्थामा संस्थाले आफ्नो नियमति काम गर्न सक्दैन । सञ्चालक समितिले आफ्नो सम्पत्ती व्यवस्थापनबाट निक्षेप फिर्ताकालागि पहल गरिरहेको अबस्थामा विभिन्न माग राख्दै गरिएको चरणबद्ध आन्दोलनका कारण संस्थाले आफ्नो कार्यालयलाई नियमति गर्न नसक्ने निर्णयमा सञ्चालक समिति पुगेको हो विज्ञप्तीमा भनिएको छ ।

संस्थाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ, पछिल्लो समय बढ्दो आर्थिक तरलता र राज्यको उदाशिनताका कारण देशको अर्थतन्त्रको खम्बा मानिने सहकारी संस्थाहरुमा ठुलो संकट आइपर्यो । विषम आर्थिक तरलताकाबीच पनि सहकारी संस्थाहरुले शेयर सदस्यहरुको निक्षेप सुरक्षीत गर्न हरप्रयास गरिरहेका छन् । कोभिड १९, रुस यूक्रेन यूद्धलगायतका कारण विश्व बजारमा देखिएको आर्थिकमन्दीका कारण नेपाल जस्तो सानो मूलुकको अर्थतन्त्रमा छिनभरमै समस्या आएको सर्वविधितै छ ।

यो परिस्थितिको भागेदार हामी पनि बन्न पुग्यौं । दर्शन बचत तथा ऋण सहकारी संस्था लि.ले जस्तो सुकै परिस्थितिको सामना गर्दै आजको मिति सम्म शेयर सदस्य, सेवाग्राही, शुभेच्छुकलाई सेवा प्रदान गर्दै आइरहेको यहाँहरु सबैलाई जानकारी नै छ । तर, अवस्था त्यस्तो रहेन पछिल्लो समय दर्शन साकोसमा बचत फिर्ताको ताकेताकालागि गरिएको आन्दोलनले कार्यालयको कामकाजमा असर परेको छ । देशको अर्थतन्त्र नै धरासयी हुने अवस्थामा रहेको समयमा शेयर सदस्यहरुको माग पुरा गर्न हामीलाई निकै कठिन भइरहेको छ । सञ्चालक समितिले आफ्नो सम्पत्ती व्यवस्थापनबाट निक्षेप फिर्ताकालागि पहल गरिरहेको अबस्थामा विभिन्न माग राख्दै गरिएको चरणबद्ध आन्दोलनका कारण संस्थाले आफ्नो कार्यालयलाई नियमति गर्न नसक्ने निर्णयमा सञ्चालक समिति पुगेको छ ।

यसकालागि सञ्चालक समिति शेयर सदस्य, सेवाग्राही, शुभेच्छुकहरुसंग माफी माग्दछ । बागमति प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्री माननिय शैलेन्द्र बज्राचार्यकै उपस्थिीतिमा भएको छलफल, सञ्चालक समिति र शेयरसदस्यबीच पटक पटक कीर्तिपुर प्रहरीमा भएको लिखित प्रतिवद्धतालाई कार्यान्वयन गर्न संस्थाको कामकारबाहीलाई केहिदिन थाती राख्ने निर्णयमा परेका हौं ।

यसअघि भएका सहमतिबाट पनि कार्यालय सञ्चालन गर्ने वातावरण नभएपछि अनिश्चीतकालका लागि दर्शन साकोसले आफ्नो सम्पुर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको हो । शेयर सदस्यहरुको मागलाई ध्यानमा राख्दै संस्थाले छिटै आफ्नो सेवा नियमित गर्ने प्रतिवद्धता व्यक्त गर्दछ । यसबाट पर्ने असुविधाप्रति संस्था क्षमाप्रार्थी छ, विज्ञप्तीमा भनिएको छ । दर्शन साकोसमा बचतकर्ताले रकम फिर्ताको माग गर्दै एकसाता देखि चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।