काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म १ सय ५९ उद्योगमा २० अर्ब ५६ करोड बराबरीको विदेशी लगानी स्वीकृत भएको छ ।
गत आर्थिक वर्षको तुलनामा यस वर्ष ३५.४ प्रतिशतले प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता घटेको हो ।आर्थिक वर्ष ०७८/७९ को सोही अवधिमा १ सय ४९ उद्योगमा ३१ अर्ब ८३ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत भएको थियो ।
आर्थिक सर्वेक्षण ०७९/८० अनुसार उद्योग विभागमा फागुन मसान्तसम्म ५ हजार ७ सय ९२ उद्योगमा ४ खर्ब ३९ अर्ब ७८ करोड रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत भएको छ ।
यस्ता उद्योगबाट ३ लाख १ हजार ५ सय ९८ जनालाई रोजगारी सिर्जना हुने अनुमान छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म वैदेशिक लगानी स्वीकृति पाएका उद्योगमध्ये सेवामूलक उद्योग ३३.२, पर्यटन उद्योग ३३ र उत्पादनमूलक उद्योग २२.५ प्रतिशत र बाँकी अन्य क्षेत्र छन् ।