Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

निर्माण व्यवसायीले मन्त्री भण्डारीलाई भनेः हाम्रो रकम कहिले भुक्तानी हुन्छ ?


निर्माण व्यवसायीले मन्त्री भण्डारीलाई भनेः हाम्रो रकम कहिले भुक्तानी हुन्छ ?

काठमाडौँ । निर्माण व्यवसायीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई तत्काल रकम भुक्तानीको पहल गरिदिन आग्रह गरेका छन् । बिहीबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको टोलीले भेट गरी रकम भुक्तान नभएको गुनासो गरेका थिए । जवाफमा मन्त्रि भण्डारीले सरकार निर्माण व्यवसायीको समस्या समाधानको बाटोमा लागेको बतथाए ।

निर्माण व्यवसायीका समस्याका विषयमा सरकार गम्भीर भएको भन्दै मन्त्री भण्डारीले निर्माण व्यवसायीहरुसँग निरन्तर संवादमा रही त्यस क्षेत्रमा देखिएको समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरे ।

उक्त भेटका क्रममा नेपाल निर्माण व्यवसायी महासङ्घको टोलीले नदीजन्य तथा खानीजन्य सामग्रीको उत्खननमा देखिएको समस्या समाधान गर्नुपर्ने, निर्माण सामग्रीमा कार्टेलिङ गरी हुने मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, वास्तविक जिल्ला दररेट तोकिनुपर्नेलगायतका विषयमा ध्यानाकर्षण गराएको थियो ।