Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अधिक तरलताको फाइदा उठाउँदै सरकार


अधिक तरलताको फाइदा उठाउँदै सरकार

काठमाडौं, चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सकारले ८० अर्ब आन्तरिक ऋण उठाउने गरी आन्तरिक ऋणको निष्काशन तालिका संशोधन गरेको छ। बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलताको फाइदा उठाउँदै पहिलो त्रैमासमानै अधिक ऋण उठाउन लागेको हो। यसअघि पहिलो त्रैमासमा ५५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखिएको भए पनि त्यसलाई संशोधन गरेर अब सरकारले पहिलो त्रैमासमा नै ८० अर्ब ऋण उठाउने गरी नयाँ तालिका सार्वजनिक गरेको छ। पहिलो त्रैमासमा ट्रेजरी विल्सबाट ५ अर्ब र विकास ऋणपत्रबाट ७५ अर्ब ऋण उठाउने भएको छ।

यसअघि पहिलो त्रैमासमा ट्रेजरी विल्स बिक्री गरेर ५ अर्ब र विकास ऋणपत्र बिक्री गरी ५० अर्ब ऋण उठाउने लक्ष्य लिएको हो।तर पहिलो त्रैमासमा नै बैंकहरुमा लगानीयोग्य रकम अधिक रहेको र कर्जा लगानी पनि कम रहेकोले सरकारले आन्तरिक ऋण उठाउने तालिका संशोधन गरी पहिलो त्रैमासमा नै बढी ऋण उठाउन लागेको हो।चालु आर्थिक वर्षको हालसम्म नै केन्द्रिय बैंकले ५९ अर्ब २१ करोड रुपैयाँको विकास ऋणपत्र बिक्री गरिसकेको छ भने ५ अर्बको नयाँ ट्रेजरी विल्स जारी गरेको छ।आइतबारदेखि पुनः १३ अर्ब १० करोड रुपैयाँको बिकास ऋणपत्र जारी गरी आन्तरिक ऋण उठाउँदै छ।

चालू आर्थिक वर्षको लागि अर्थमन्त्री प्रकाश शरण महतले कुल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँको बजेट ल्याएको थियो। त्यसको लागि २ खर्ब ४० अर्ब आन्तरिक ऋणद्वारा स्रोत जुटाउने लक्ष्य राखेको छ।चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नै सरकारले ३३.३ प्रतिशत आन्तरिक ऋण उठाउने छ। दोस्रो त्रैमासमा १२.५ प्रतिशत आन्तरिक ऋण उठाउने छ भने तेस्रो त्रैमासमा २२.१ प्रतिशत र चौथो त्रैमासमा ३२.१ प्रतिशत ऋण उठाउने लक्ष्य राख्यको छ। सरकारको राजस्व संकलन खासै बढ्न सकेको छैन भने पूँजीगत खर्च पनि निकै कम छ।

खर्च नै गर्न नसकिरहेको अवस्थामा सरकारले अहिले नै बजारबाट अत्याधिक आन्तरिक ऋण उठाएर राख्न लागेको छ।सरकारले दोस्रो त्रैमासमा ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने छ भने तेस्रो त्रैमासमा ५३ अर्ब र चौथो त्रैमासमा ७७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने छ।अहिले बैंकहरुमा तरलता सहज रहेको अवस्थामा ब्याजदर समेत केहि कम पर्ने भएकोले पनि सरकारले पहिलो त्रैमासमा सबैभन्दा धेरै ऋण उठाउन लागेको हो। गत आर्थिक वर्षमा बैंकिङ्ग प्रणालीमा तरलता अभाव हुँदा सरकारले महँगो ब्याज तिरेर आन्तरिक ऋण उठाउनु परेको थियो।