Tuesday, November 26, 2024

२०८१ मंसिर ११, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

जादाजादै बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनको निर्णयले सहकारी संस्थालाई राहत, उनको कार्यकालका महत्वपूर्ण कामहरु


जादाजादै बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनको  निर्णयले सहकारी संस्थालाई राहत, उनको कार्यकालका महत्वपूर्ण कामहरु

काठमाडौं । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले जादाजादै सहकारी संस्थाहरुका पक्षमा गरेको निर्णयले सहकारी संस्थाहरुलाई राहत भएको छ । केन्द्रीय सत्तासमीकरण बदलिएसँगै सरकारबाट बाहिरिएका मन्त्री महर्जनले पछिल्लो समय सहकारी संस्थाहरुमा देखिएको आर्थिक तरलता, निक्षेप फिर्ताको ताकेता तथा बचत कर्ताहरुको गुनासोलाई मध्यनजर गर्दै सार्वजनिक सूचना जारी गरेका थिए ।

कांग्रेसले यहि २४ गते बागमती प्रदेश सरकारबाट बाहिरिएपनि २५ गते प्रकाशित सूचनाले सहकारी संस्थाहरुलाई राहत महशुष भएको छ । मन्त्रालयले २५ गते जारी गरेको सूचनामा भनिएको छ, सहकारी संस्थाहरुमा देखिएको आर्थिक तरलताका विषयमा गम्भीर बन्दै तत्काल सहकारीबाट लिएको ऋण फिर्ता गरौं । मन्त्रालयले सूचना जारी गर्दै जुन सम्झौता वा सर्त बमोजिम ऋण लिएको हो सोहि बमोजिम ऋणको सावा र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तान गरी सहकारीमा देखिएको समस्या समाधान गर्न सहयोग गर्न अनुरोध गरेको हो ।

सहकारी संस्थाको ऋण तिर्नु नपर्ने भन्ने जस्ता भ्रामक र गैरजिम्मेवारीपूर्ण अभिब्यक्तिको आधारमा ऋण चुक्ता नगर्ने परिपाटीले सदस्यहरुको बचत फिर्ता गर्न असहज परिस्थिति सृजना भएको भन्ने गुनासो प्राप्त भएको भन्दै कर्जा चुक्ता गर्न उर्दी जारी गरेको हो । सहकारी संस्थाबाट सदस्यहरुको बचत रकम नै कर्जाको रुपमा प्रवाह हुने हुँदा सदस्यहरुको बचत फिर्ता गर्न असहज परिस्थिति सृजना भएको समेत मन्त्रालयले स्पष्ट पारेको छ ।

ऋणी सदस्यले समयमा नै ऋण भुक्तान नगरे सहकारी संस्थाको ऋण असुली सम्बन्धमा बागमती प्रदेश सहकारी ऐन २०७६ को दफा ६५ र ६६ बमोजिम ऋणी सदस्यहरुको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित निकायमा लेखी पठाउन सकिने व्यबस्था समेत रहेको हुँदा प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका एवं मापदण्डको वर्खिलाप नहुने गरी कर्जा चुक्ता गर्न अनुरोध गरेको हो ।

यसैबीच विजनेस दर्शनसँगको कुराकानीमा कांग्रेसबाट मन्त्री बनेका महर्जनले आफ्नो कार्यकालमा महत्वपुर्ण काम गरेको बताएका छन् । महर्जनले पछिल्लो समय सहकारी संस्थाहरुमा देखिएको आर्थिक तरलता सहकारी सञ्चालकमात्रै जिम्मेवार नभइ स्वयम शेयर सदस्यहरुपनि त्यसको भागिदार रहेकाले ऋणलिने तर फिर्ता नदिने सदस्यको संस्था बढेकाले सूचना प्रकाशित गरेको बताए । उनले भने, निर्णय हुदा हामी सत्तामै थियौं, संघीय सत्तासमीकरण फेरिएपछि अहिले प्रतिपक्षीमा पुगेका छौं, तर, म यो विषयलाई प्रदेशसभामा उठाउने छु ।

अहिले सहकारी संस्थाहरुका कारण सर्वसाधारणको दैनिकी असहज बन्दै गएको छ । त्यसकारण सहकारीको ऋण लिएकाले तत्काल फिर्ता लिए निक्षेप फिर्ताको वातावरण बन्ने उनको विश्वास छ । यसअघि पनि उनको कार्यकालमा सहकारी पीडितका समस्यामा मन्त्रालयले सहयोग गर्दै आइरहेको थियो । उनि मातहत रहने सहकारी महाशाखालाई सहकारी पीडित र सहकारी संस्थाहरुका विषयमा गम्भीर हुन उनले निर्देशन दिएका थिए । पछिल्लो समय राजनीतिक सत्तासमीकरण फेरिएकाले जनताका सवालहरु अधुरा रहेको कामलाई गम्भीरताकासाथ प्रदेश र संघीय सरकारलाई खबरदारी गर्ने उनको प्रतिवद्धता छ ।

मन्त्री महर्जनले आफ्नो कार्यकालमा गरेका मुख्य—मुख्य कामहरु
—बागमती प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने तामाङ भाषा र नेपाल भाषाको संरक्षण, संवद्र्धन तथा विकास गरी सरकारी कामकाजलाई सरल र सहज बनाउन सरकारी वा सार्वजनिक निकायबाट प्रवाह हुने सेवामा जनताको सहज पहुँच र प्रत्याभूतिलाई अभिवृद्धि गरी बहुजातीय, बहुभाषिक विविधतामा एकता र सामाजिक न्याय कायम गर्न बागमती प्रदेश सरकारबाट ‘प्रदेश भाषा ऐन, २०८०’ पारित गरिएको ।


—बागमती प्रदेश सरकारको आफ्नै लगानी, स्थानीय तह र निजी क्षेत्रको साझेदारीमा निर्माण भएका पर्यटन पूर्वाधारहरुको प्रभावकारी सञ्चालन, दिगो व्यवस्थापन एवम् समुचित उपयोगका लागि सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरी प्राप्त आम्दानीको उचित बाँडफाँड तथा नियमन गर्नका लागि “पर्यटन पूर्वाधार सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८०” स्वीकृत गरिएको ।

—प्रदेश पर्यटन नीति, २०८० प्रदेश पर्यटन नियमावली २०८० तथा प्रदेश संस्कृति नीति, २०८०को मस्यौदा तयार गरी छलफलको क्रममा रहेको ।

—बागमती प्रदेशको धार्मिक, साँस्कृतिक, पर्यापर्यटन तथा ग्रामिण पर्यटनको प्रवद्र्धन एवम विकासका लागि सन् २०२४ लाई बागमती प्रदेश भ्रमण वर्षको रुपमा मनाउने उल्लेख भए अनुरुप प्रदेश भ्रमण वर्ष घोषणा भई मिति २०८०-०९-१६ गते जनवरी २०२४ बाट औपचारिकरुपमा शुरुवात गरिएको ।

—ललितपुर महानगरपालिकासँगको सहकार्यमा पाटन दरवार स्क्वायरमा विश्व पर्यटन दिवस भव्यरुपमा मनाइएको ।

—ग्रामिण पर्यटन प्रवद्र्धनका लागि विशेष समूह लक्षित कार्यक्रम सञ्चालन –उदाहरणहरुको लागि मगर र चेपाङ जातिको घरवास कार्यक्रममा सहयोग तथा तालिम सञ्चालन गरिएको ।
—श्रोत सुनिश्चतता भएका ठेक्काहरुको सूचना प्रकाशन भई प्रथम त्रैमासिक भित्रै सबै ठेक्का सम्झौता भएको ।

—विभिन्न मेला जात्रा महोत्सवहरुमा संस्कृति प्रवद्र्धनका लागि सहयोग कार्यक्रम सञ्चालन भई रहेको ।

—समस्याग्रस्त सहकारी संस्थाको निमित्त व्यवस्थापन समितिको अध्यक्ष र सदस्यहरुको मनोनयन भएको, समितिको कार्य सञ्चालनका लागि अस्थायी दरवन्दी स्वीकृत भई कार्य प्रारम्भ गर्ने चरणमा रहेको ।

—प्रदेश सहकारी बोर्डमा रिक्त रहेका सदस्यहरुको मनोनयन गरिएको ।

—मन्त्रालय र अन्तर्गतका कार्यालयहरुको संगठन संरचना स्वीकृति तथा पद दर्ता गरिएको ।

—पर्यटकीय होटल, तारे स्टार होटल, लज, रिजर्ट, पव, लाउन्ज, होमस्टे तथा बारलाई त्यसमा रहेको सुविधाको आधारमा वर्गीकरण गरी स्तर निर्धारण सम्बन्धी मापदण्डको मस्यौदा तयार गरिएको ।

—चितवनको सौराहामा पर्यटन विभागबाट निर्माण गरिएको सूचना केन्द्र प्राप्त र चितवन, मकवानपुर लगायत जिल्लाका पर्यटन व्यवसायीहरुलाई सेवा प्रवाह चाडैं दिन बजेट विनियोजन र तयारी सुरु गरिएको ।

—उपत्यका पर्यटन कार्यालय हातिवन ललितपुरबाट प्रदान गरिने सेवा अनलाईनबाट शुरु गरिएको ।

—यस प्रदेशमा रहेका गन्तव्य अनुसारका बाण्ड बनाई गन्तव्य तथा वस्तु विकास, गुणस्तरीय सेवा र सुविधाको उपलब्ध गराई निस मार्केट (Niche Tourism Market) अनुसार फरक—फरक बजार प्रवद्र्धन रणनीति अपनाइएको ।

—सहकारीताका माध्यमबाट उत्पादन, बजारीकरण तथा गरिबी निवारणको लक्ष्य हासिल गर्न सहयोग पु¥याउन, सहकारीको कारण छरिएर रहेको पूँजी एकत्रित हुन गई लगानी योग्य रकम जुटाउन, सामूहिक खेती, सामूहिक व्यापार, सामूहिक उद्योग एवम् सामूहिक सेवा व्यवसाय सञ्चालन गर्न सम्भब बनाउन, स्थानीयस्तरमा वित्तीय अन्तरसम्बन्ध कायम गर्ने अवसरहरुको बढोत्तरी तथा नियमन तथा आर्थिक अनुशासनमा टेवा पुग्ने विभिन्न कार्यहरु सञ्चालन गरेको ।

—संस्कृत भाषा, मातृभाषा, लोक साहित्य, आधुनिक साहित्य, लोक संगीत, आधुनिक संगीत, लोक नाट्य र ललितकलाको अनुसन्धान, संरक्षण र विकासको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको ।

—लोपोन्मुख स्थानीय कला, भाषा, लिपी र संस्कृतिको अभिलेखीकरण गरी संरक्षाणात्मक र विकास कार्यहरु भएको । सेवाग्रहिको सुविधालाई ध्यानमा राखेर पर्यटन कार्यालय हातीवनबाट जिल्ला समन्वय भवन बबरमहलमा सारीएको ।