Tuesday, July 01, 2025

२०८२ असार १७, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

काठमाडौंमा बीवाइडीको नयाँ सीटी स्टोर सञ्चालनमा ल्यायो


काठमाडौंमा बीवाइडीको नयाँ सीटी स्टोर सञ्चालनमा ल्यायो

काठमाडौं, बिवाइडी अटो प्रालिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स ई प्रालिले काठमाडौंमा बिवाइडी सिटी स्टोर सञ्चालनमा ल्याएउने भएको छ। कम्पनीले विद्युतीय सवारीसाधनमा विश्वव्यापी नेतृत्व गर्ने अभियानअन्तर्गत काठमाडौंंको सोल्टी मोडमा स्टोर सञ्चालनमा ल्याएको हो । बिवाइडीका विद्युतीय सवारीसाधनलाई धेरैभन्दा धेरै ग्राहकमाझ पुर्‍याउने लक्ष्यसहित नयाँ बिक्री केन्द्र सञ्चालनमा ल्याएको कम्पनीको भनाइ छ ।

बिक्री उद्घाटन कार्यक्रममा साइमेक्स कम्पनिकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले यस क्षेत्रमा अग्र र उच्च गुणस्तरका विद्युतीय सवारीसाधनको प्रदर्शनी र प्रवद्र्धनमा सोरुमले उल्लेखनीय भूमिका खेल्ने बताइन् । विद्युतीय सवारीसाधनका सम्भावित ग्राहकको सेवा र सुविधाका लागि यो सोरुम अत्याधुनिक सुविधा, चार्जिङ स्टेसन, आकर्षक डिस्प्ले र तालिमप्राप्त र ग्राहकका सेवामा समर्पित कर्मचारीहरूबाट सुसज्जित रहेको कम्पनीले बताएको छ।

साइमेक्सले हाल अट्टो थ्री, डल्फिन वा अल न्यु बिवाइडी इ–सिक्समध्ये कुनै पनि बिवाइडीका सवारीसाधन खरिद गर्ने योजनामा रहेका ग्राहकका लागि सरल, एक्सचेन्ज सुविधाका साथमा फाइनान्सका विकल्पहरूको प्रस्ताव लिएर आएको बताइएको छ। हाल बिवाइडीको नेपालमा मात्रै १२ वटा बिक्री केन्द्र रहेको र छिट्टै अन्य स्थानमा पनि विस्तारको योजना रहेको कम्पनीले बताएको छ ।