Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दर्शन सहकारीविरुद्ध दुई फरक आन्दोलन! बचतफिर्ता माग्दै आदिवासी सेवा केन्द्रका बचतकर्ता धर्नामा, सहकारीको कामकाज बन्द गर्न पाइदैन भन्दै आन्दोलनको घोषणा(भिडिओ सहित)


दर्शन सहकारीविरुद्ध दुई फरक आन्दोलन! बचतफिर्ता माग्दै आदिवासी सेवा केन्द्रका बचतकर्ता धर्नामा, सहकारीको कामकाज बन्द गर्न पाइदैन भन्दै आन्दोलनको घोषणा(भिडिओ सहित)

काठमाडौं । आदिवासी सेवा केन्द्र अनामनगरका बचतकर्ताहरुले रकम फिर्ताको माग गर्दै कीर्तिपुर स्थीत दर्शन बचत तथा ऋण सहकारी संस्था बिरुद्ध आन्दोलनको घोषणा गरेका छन् । आज सोमबार कीर्तिपुर स्थीत कार्यलयमा पुगेका बचतकर्ताहरुले तत्काल बचतफिर्ताको माग गरेका थिए ।

उनिहरुले पछिल्लो समय सहकारीमा विभिन्न बहानामा आन्दोलन भइरहेको भन्ने जानकारी आएकाले आफुहरु कार्यालयमा उपस्थिीत भएको बताए । उनिहरुले दर्शन सहकारी नियमित सञ्चालनको माग गर्दै सहकारी बन्द भए बचत रकम जोखिममा पर्ने भन्दै कुनै पनि हालतमा संस्था बन्द गर्न नदिने बताए । आदिवासी सेवा केन्द्रका बचतकर्ताहरुको नेतृत्व गर्दै आएका एक बचतकर्ताले भने, बचतफिर्ताको माग गर्दै कहिले तालाबन्दी, कहिले घेराउ जस्ता कार्यक्रम भइरहेको भन्ने जानकारी पायौं, हामी अनामनगरमा भएकाले यता के भएको भन्ने जानकारी भएन अहिले सुन्नमा आयो अहिले आन्दोलन गर्दै आइरहेको संघर्ष समितिले नाम दिएका बचतकर्ताले मात्रै रकम पाउने रे ? हाम्रो रकम बचत होइन ? कुनै पनि हालतमा सहकारी नियमित सञ्चालन हुनुपर्छ ।

सहकारीका सञ्चालकहरुले बचतकर्ताको रकम हिनामिना गरि फरार रहेको घटनाहरु बढ्दै जादा कीर्तिपुर नगरपालिका नगाउँ स्थीत दर्शन बचत तथा ऋण सहकारी संस्था विरुद्ध दुई फरक आन्दोलन देखिएका हुन् । एउटा पक्षले लामो समय आन्दोलन गर्दा कार्यालय ठप्प रहेको छ भने, आज अर्काे पक्ष सहकारीलाई नियमित सञ्चालन गर्नुपर्छ भन्दै आन्दोलनको तयारी गरेको छ ।

यता, एक महिनादेखि बचतकर्ताहरुको रकम फिर्ताको माग गर्दै कञ्चन महर्जनको नेतृत्वमा आन्दोलन भइरहेको छ । कञ्चन महर्जनको नेतृत्वमा रहेको संघर्ष समिति र सञ्चालकबीच पटक—पटक छलफल र लिखित सहमति भएपनि कार्यान्वयन नभएको भन्दै सो समितिले एक साता कार्यालयमा तालाबन्दी गरेको थियो । त्यसपछिका छलफलहरु उग्र भएको भन्दै सञ्चालक समितिले अनिश्चीतकालकालागि कार्यालय बन्द गरेको थियो ।

आज काठमाडौंको अनामनगरमा रहेको आदिवासी सेवा केन्द्रका बचतकर्ताहरुले कार्यालय बन्द हुदा बचत फिर्ता नहुने भन्दै तत्काल नियमित कार्यालय सञ्चालन गर्न माग गर्दै आन्दोलनको घोषणा गरेका छन् । एक दर्जनबढी बचतकर्ताहरुको समुह कार्यालयमा प्रवेशगरी तत्काल नियमति कार्यालय सञ्चालनगरि कामकारबाही अघि बढाउन र वार्तामा आउन आग्रह गरेका थिए । उनिहरुले अर्काे संघर्ष समितिलाई तत्काल वार्ताको वातावरण बनाउन र कार्यालय सञ्चालनमा बाधा नपुर्याउन आग्रह गरेका थिए ।

उनिहरुले अहिले सहकारी बन्द गर्दा सबैको बचत रकम जोखिममा पर्ने भएकाले सहमतिमा आउनु पर्ने बताए । कार्यालयमा आएका उनिहरुले अध्यक्ष दिनेश दर्शनधारीलाई टेलिफोनगरि तत्काल रकम फिर्ताकालागि कार्ययोजना पेस गर्न र सबैको रकमको सुनिश्चीतता गर्न आग्रह गरेका थिए । पत्रकार नजरराम महर्जनले आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरेको भिडिओमा बचतकर्ता र अध्यक्षबीचको संवादमा तत्काल छलफलको वातावरण बनाउन माग गरिएको देखिन्छ । यता, कञ्चन महर्जन संयोजकत्वको संघर्ष समितिले आफ्नो बचतफिर्ताको माग गर्दै निरन्तर दवाव दिदै आएको छ ।

सञ्चालक समितिका सचिव यशोदा राईले तत्काल सहकारीमा काम गर्ने वातावरण नभएकाले कार्यालयको कामकाज नियमित नभएको बताइन । कार्यालय सामान्य कर्मचारीको भरमा छोडेर १० हजार बढी बचतकर्ताको रकमलाई जोखिममा पार्न मिल्छ ? भन्ने हाम्रो प्रश्नमा उनले, भनिन् यसअघिको बचतकर्ता कञ्चन महर्जनको संघर्ष समितिसँगको सहमति अनुरुप नै आर्थिक व्यवस्थापनमा लागेकाले कार्यालयमा आउन नसकेको हो ।


कार्यालय बन्द भएको छैन । उनले यसअघिको संघर्ष समितिले हातपात गर्न खोज्ने, धरपटकमा उत्रिने जस्ता क्रियाकलाप गरेकाले अधिकांस कर्मचारीहरुले राजीनामा दिइसकेको र नयाँ कर्मचारीको नियुक्ती प्रक्रियाकालागि बोर्डको बैठक बस्न नसकेकाले केहि असहज भएको बताइन । दर्शन साकोसले शुक्रबार मात्रै बचत फिर्ताकालागि बागमती प्रदेशमा कार्ययोजना बुझाएको छ ।