Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

स्थानीय तहको विकासमा राजनीतिक आस्था भन्दा माथि उठ्नै पर्छः रमेश महर्जन पूर्वमेयर(भिडिओ सहित)


स्थानीय तहको विकासमा राजनीतिक आस्था भन्दा माथि उठ्नै पर्छः रमेश महर्जन पूर्वमेयर(भिडिओ सहित)


-निरशोभा बलामी

काठमाडौं, १० जेठ । स्थानीय तह निर्वाचन भएको पनि एक वर्ष पुरा भएको छ । यस्तो अबस्थामा नव निर्वाचित जनप्रतिनिधिले आफ्नो दायित्व पुरा गरे नगरेको विषयमा अनेकौं प्रश्नहरु उठेका छन् । एक वर्षको अन्र्तरालमा स्थानीय तहलाई कति जनतामैत्री बनाइयो भन्ने विषयले निकै महत्व राख्ने गरेको विज्ञहरुको भनाई छ । नयाँ जनप्रतिनिधिहरुले के गरे भन्दा पनि पुराना जनप्रतिनिधिहरुले निर्माण गरेका योजना कति लागुभयो भन्ने विषयले थप महत्व राख्ने गरेको छ । हामीले यसै विषयमा संघीय राजनीतिक काठमाडौंको कीर्तिपुर नगरपालिका पूर्वप्रमुख रमेश महर्जनसँग कुराकानी गरेका छौं । स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्ष पुरा हुदैगर्दा तपाईको पालामा भएका कार्यक्रमको कार्यान्वयन कस्ता भएका छन् भन्ने विषयमा हामीले गरेको छलफलको सम्पादित अंशः

‘जनताको घरदैलो सिंहदरबार’ भन्ने नारा स्थानीय तहले पुरा गरेको गरेका छन् ?
स्थानीय तहको परिकल्पना नै सिंहदरबारको अधिकार घर–घरमा पुर्याउने हो । २०७२ सालको संविधान पछिको पहिलो जननिर्वाचित स्थानीय तहको सरकार प्रमुख भएको नाताले मैले संविधानले दिएका सबै अधिकारलाई अवलम्वन गर्ने प्रयास गरेको थिए । संविधानले स्थानीय तह संञ्चालनका लागि दिएको एकल अधिकार २२ र संयुुक्त अधिकार १५ लगायतका थुप्रै अधिकार प्रयोग गर्ने भन्ने थियो । विशेष गरी नियम कानून ऐनहरु नभएको अवस्थामा मेरो कार्यकालमा ७० देखि ७५ किसिमको ऐन नियम तथा मापदण्ड बनाएका थियौं । जसले गर्दा सिंहदरबार घरघरमा भन्ने नारालाई केहि हदसम्म कार्यान्वयन गर्ने जमर्काे हामीले पनि नगरेको होइन ।

दुई दशपछि सम्पन्न स्थानीय तहको निर्वाचनमा तपाई जनप्रतिनिधिका रुपमा निर्वाचित हुनु भयो । तपाईको कार्यकाल कस्तो भयो ?

२०७२ सालको संविधान र २०६२,०६३ को जनआन्दोलनबाट प्राप्त उपलव्धीलाई संस्थागत गर्दै सम्पन्न स्थानीय तह निर्वाचनले मलाई प्रमुखको जिम्मेवारी सुम्पियो । मेरो कार्यकाल कीर्तिपुरका जनता तथा मतदाताहरुले जुन उद्देश्यका साथ मलाई जिम्मेवारी सुम्पनु भएको थियो, त्यो जिम्मेवारीलाई न्याय दिएँ भन्ने खालको मेरो मूल्याङ्कन भएको छ । मेरो कार्यकाल नयाँ र आशलाग्दो केहि चुनौतिका बीचमा भयो । मुख्यगरि विकास निर्माणका विषयले प्राथमिकता पाएका थिए । करिब–करिब हामी ५ वर्षमा जग बनाउन मैं अभ्यस्त भयौं र सफल पनि । ति सबै हामीले नियम कानुन र ऐनमैं रहेर बनाएका पनि छौँ । मैले गरेका कामहरु यहाँ भन्नु भन्दा मेरो नगरमा भएका विकास निर्माणका कामहरुले नै जगजायर छ । डिजिटल कीर्तिपुर बनाउने हाम्रो टिमको ठूलो धोको थियो, त्यसका लागि सबै योजना तयार भईसकेको थियो तर, त्यसलाई कार्यन्वयन भने गर्न सकिएन ।

समृद्धि कीर्तिपुर परिकल्पना तपाईको कार्यकालमा के–के पुरा भयो ?
समृद्धिको आआफ्नै परिभाषा छ । हामीले सोचेको कीर्तिपुरको समृद्धि यहाँको विकास, यहाँको पहिचान र पर्यटन प्रर्वद्धन थियो । अहिले हामीलाई विश्वले चिन्छ कीर्तिपुरको ऐतिहाँसिक महत्व आफैमा छ । यो विचमा हामीले गर्नुपर्ने धेरै विषय जुन पाँच बर्षको कार्यकालमा पुरा हुन सकेन । अहिलेको नयाँ जनप्रतिनिधिलाई त्यो जिम्मेवारी छ । तर, बदलिदो राजनीतिक परिस्थीतिका कारण हामीले कति पय समृद्धीका नाराहरु नारामै सिमित राख्नु पर्ने अबस्थामा रहेको छ । हामीले पर्यटन सम्बन्धी गुरु योजना बनायौं र त्यही अनुसार जति पनि यहाँको मूर्त–अमूर्त सम्पदाहरुमा काम ग¥यौं ।

तपाईले राम्रो काम गर्दा पनि पुनः प्रमुखलागि आउन सक्नु भएन किन ?
राजनीतिक परिवेशमा कस्को अबस्था के हुने त्यो निर्वाचनका समयमा देखिन्छ । मैले एक कार्यकाल नगर प्रमुखको हैसियतमा काम गरे । अर्काे पटक पुनः आउन पाएको भए केहि अधुरा कामहरु र सपनाहरु पुरा हुन्थे होला । तर, समयको माग मैले अरुलाई समर्थन गर्नु पर्यो । यो हाम्रो राजनीतिक सहमति भन्नुपर्छ । तपाईको यो प्रश्न कठिन थियो । मैले जवाफ दिन सके सकिन ?

तपाई प्रमुख हुँदाको कीर्तिपुर नगर र आजको नगरमा के फरक पाउनु भएको छ ?

पहिलो कुरा त अहिले नै नगरको विषयमा जज गर्नु उपयुक्त हुदैन कि भने, भरखरै काम हुदै छ । यसले गतिलिन अझै बाँकी छ । अब रह्यो हामी यहिको रैथाने भएकाले परिवर्तनको त्यति अनुभुति हुँदैन । किनभने हामी सबै पहिले जुन वडामा बसेका थियौं, अहिले पनि त्यही वडामैं बसिरहेका छौं, त्यसले गर्दा हामी पहिलेका बासीन्दाहरुले परिर्वतन नदेखिन सक्छ । तर जो चाहिँ २०७४ साल पछाडि कीर्तिपुरमा आएर बस्नुभएको छ । उहाँहरुले यहाँको भौतिक रुपमा सबै किसिमले परिर्वतन भएको छ, भन्ने कुराहरु गर्नुहुन्छ ।

तपाईले मूर्त–अमूर्त सम्पदाहरुमा धेरै काम गर्नु भएको छ । सबैले प्रशंसा पनि गरेका छन् । तर, यहाँको जनताले तपाईको कार्यकालको २ वटा कुराहरुमा असन्तुष्टि पोखिरहेका छन् । एउटा तपाईले युद्ध पार्क बनाउने भनेर अलपत्र छोड्नु भयो, अर्काे बास्केट बलको कोटको संरचना के हो ?

मेरो कार्यकालमा पूरा गर्न नसकेको २/३ वटा काम जुन मैले भनेको थिएँ, तीमध्ये यिनीहरु पनि पर्छन् । यसमा पहिलो कुरा युद्ध स्मारक पार्कको बारेमा सुरुमा अध्ययन गर्न कार्यदल टोली पनि बनाएको थियो । कीर्तिपुरमा ऐतिहासिक रुपले पृथ्वी नारायण शाहसँग जोडिएको एतिहास छ । अध्ययन टोली र विभिन्न इतिहासकारहरुसँग छलफल पनि ग¥यौं, छलफलको निष्कर्ष सहितको एउटा कार्यक्रम पनि गरेका थियौं । त्यसलाई प्रतिबिम्वित हुने किसिमले यसरी बनाउनु पर्छ भन्ने खालको एउटा मान्यतामा रहेर त्यहि अनुसार युद्ध स्मारक पार्क बनाउने योजना बनाएका थियौं । त्यसबेला भने हामी अलि धेरै महत्वाकांक्षा भयौं जस्तो पनि लाग्छ ।

हामीले त्यसलाई डिपिआर तयार गर्ने योजनामा करिब अर्बौ रुपैंया खर्च लाग्ने किसिमको डिपिआर बन्ने भयो । त्यो डिपिआर हामीले यहि मंगलमय मावि पश्चिम देखि कीर्तिपुर अस्पताल माथिसम्मको एरियालाई हामीले युद्ध स्मारक पार्क जस्तै विभिन्न भागको रुपमा स–साना पार्क बनाउने खालको एउटा सामान्य सोच बनाएका थियौं । त्यही अनुसारको डिपिआर पनि बनायौं यसरी त्यो डिजाईनको डिपिआर बनाउदै गर्दा त्यसका लागि बजेट धेरै लाग्ने हुने देखियो र एकै चोटि सबै तिर खर्चले धान्न मुश्किल पर्ने भएको हुँदा यस्तो अवस्थामा सानो–तिनो बजेटलाई विकेन्द्रिकरण त्यही अनुसार कामलाई निरन्तरता दियौं । त्यसपछि त्यहाँको युद्ध स्मारक नाम राख्ने नराख्ने भन्ने सन्दर्भमा यहाँको थुप्रै केही जनताहरुको सहमति, असहमति जाहेर हँुदै गर्दा त्यसमा हामी आफै पनि अन्यौलमा प¥यौं ।

यस ठाउँलाई शान्ति पार्कको रुपमा मानिसहरु यहाँ घुम्न आउँदा शान्तसँग बस्न मिल्ने खालको बनाऔं धेरै विवाद नगरौं भन्ने खालको एउटा निश्कर्षमा हामी पुग्यौं । शान्तिको रुपमा त्यहाँ एउटा बुद्धको मूर्ति राख्ने मेरो प्रयास भएको थियो । तर, त्यो प्रयास पनि सफल हुन सकेन । जसको मूल कारण एक त बजेटको अभाव र अर्को त्यस ठोस योजनालाई कंक्रिटाइज गर्न नसकेको हुँदा ती काम अधुरै हुन गयो ।

हामी ‘सुशासन’ खुब भन्ने गर्छौं, तपाईको नजरमा ‘सुशासन’ भनेको के हो ?
सुशासन भनेको एउटा सबैभन्दा ठुलो महत्वपुर्ण पाटो भनेको पारदर्शीता, जवाफदेहिता र भ्रष्टाचार रहित समाज नै हो । अर्को चाहिँ सहयोग, समन्वय हुनुपर्छ । जनताको सहभागीता, कर्मचारीको सहभागीता, सहयोग, समन्वय र भ्रष्टाचार मुक्त समाज आजको आवश्यकता हो ।

तपाई जनप्रमुख हुदा कर्मचारीको व्यवहार र उहाँहरुको कार्यशैलीका विषयमा कस्तो पाउनु भयो ?
म पुर्व प्रमुख हुँ मैले यस विषयमा केहि भन्न न मिल्दैन तर, सुरुमा मैले त्यसवेला पनि मिडियामा भन्ने गरेको थिए, किनकी १५ वर्षसम्मको जनप्रतिनिधि नभएको बेलामा कर्मचारीको जुन खालको एउटा आफै नै पहिलो व्यक्तिको रुपमा काम गर्ने अवस्था थियो । तर पछि जनप्रतिनिधि आईसके पछि भने, एक खालको परिवर्तन नआएको होइन । तर हामीमा परिवर्तन हुन आवश्यक छ ।

अन्तमाः कीर्तिपुर नगरपालिकाको पूर्वप्रमुखको हैसियतले कीर्तिपुरको विकास र सुशासनमा तपाईको अहिलेको कस्तो भूमिका हुन्छ ?

म पूर्व जनप्रतिनिधि भएपनि मेरो साथ–सहयोग र सहभागिता निरन्तर नै छ । अबको समयमा प्रत्यक्ष रुपमा कहिँ–कतै सहयोग चाहिन्छ, भने त्यसका लागि म तयार नै छु । पहिला नगरप्रमुख नभएको समयमा पनि हामी यहाँको विकास निर्माणको सवालमा, सामाजिक विकासको सवालमा, आर्थिक सवालमा र समग्र कीर्तिपुर उन्नतिको लागि खटिरहेका नै हुने गथ्यौं । अहिले पनि मेरो पालामा सुरु भएका केही योजनाहरु नेपाल सरकारबाट संचालन भएको अवस्थामा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा मैले उहाहरुसँग समन्वयन गरी ढल निकासको सवालमा होस् या बल्खु विकासको निर्माणमा होस् नारायण थानको सवालमा होस् या खानेपानी योजनाहरुको सवालमा होस् नेपाल सरकारसँग निरन्तर समन्वय गरी अझै पनि मैले आफ्नो तर्फबाट गर्न सकिने साथ र सहयोग गर्नेछु ।