काठमाडौं । दोलखामा निर्माण हुनलागेको आयोजना ९९.८ मेगावटको आयोजनामा कर्मचारी सञ्चय कोषले लगानी गर्ने भएको छ । आयोजना निर्माणमा कोषले १३ अर्ब ७५ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ ,आयोजना निर्माणका लागि लगानी जुटाउन आइतबार नेपाल विद्युत प्राधिकरण, तामाकोशी जलविद्युत कम्पनीका कर्मचारी सञ्चय कोषबीच सम्झौता भएको छ ।
उक्त सम्झौता गरेसँगै आयोजनाको लागि लगानी जुटेको हो । सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कोषका प्रमुख र कम्पनीका प्रमुख कार्यकारी अधिकृत हस्ताक्षर गरे ।
तामाकोशी पाँचका लागि २१ अर्ब १३ करोड ९५ लाख रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ । जुन निर्माण अवधिको ब्याजसहित हो । नेपाल विद्युत प्राधिकरणले तामाकोसी जलविद्युत कम्पनी निर्माण गरी निर्माण गर्न आयोजनामा ६५ प्रतिशत ऋण र ३५ प्रतिशत स्वपुँजी (इक्वटी) को रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए । उनका अनुसार स्वपुँजीमध्ये विद्युत प्राधिकरणको ६८ प्रतिशत र सर्वसाधारण समूहको ३२ प्रतिशत लगानी रहनेछ ।