सप्तरी, ८ जेठ । सप्तरीको राजविराज नगरपालिकास्थित विभिन्न योजनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थलगत अनुसन्धान सुरु गरेको छ ।
आयोगको इटहरीस्थित कार्यालयबाट आइतबार प्राविधिक सहितको ३ सदस्यीय टोलीले राजविराजका विभिन्न योजनाको स्थलगत अनुसन्धान सुरु गरेको हो ।
अख्तियारको टोलीले राजविराज नगरपालिका-१६ अन्तर्गत चालु आर्थिक वर्षमा सडक बोर्डको बजेटबाट भएका कार्यहरुको स्थलगत अनुसन्धान गरेको छ । सडक बोर्डको बजेटबाट यस वर्ष राजविराजमा निर्माण भएका सडकहरुमा अनियमितता भएको आरोप थियो ।