Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विद्युतीय मोटरसाइकल गन्तव्य बजारमा


विद्युतीय मोटरसाइकल गन्तव्य बजारमा

काठमाडौं । नेपाली विद्युतीय मोटरसाइकल बजारमा आएको छ । गत आइतबार मोटरसाइकलको नम्बर प्लेट प्राप्त गरेपछि बिक्रीवितरण गरिने कम्पनीले जनाएको छ ।

सुन्दर अटो इन्जिनियरिङका सञ्चालकका अनुसार हालसम्म ६५ वटा ‘गन्तव्य इभी १०० एस’ निर्माण भइसकेका छन् । जसमध्ये ४० वटा बुक भइसकेका छन् । “सरकारले अनुमति दिए १० वटा विद्युतीय मोटरसाइकल उत्पादन गर्न सकिने । माग बढेय ७ गतेदेखि बिक्री सुरु गरिने भएको छ ।

२ लाख ५० हजार रुपियाँमा पाइने गन्तव्य १ पटक पूर्ण चार्ज भएपछि १२० किलोमिटर गुड्छ सक्ने । १ पटक पूर्ण चार्ज गरे २० रुपैयाँसम्म लाग्ने भनाइ छ । कम्पनीले ब्याट्रीमा ३ वर्ष, मोटरमा २ वर्ष र कन्ट्रोलमा १ वर्ष ‘वारेन्टी’ गरेको छ । १९ वटा विद्युतीय बस सञ्चालन गरिरहेको सुन्दर यातायातले सुन्दर अटो इन्जिनियरिङमार्फत हालसम्म ३ सय स्कुटरलाई विद्युतीय स्कुटरमा रूपान्तरण गरिएको ।

विद्युतीय सवारी वातावरणका साथै सबै हिसाबले नेपालीका लागि ठिक छ, अन्य बाइकभन्दा विद्युतीय वाइक सस्तो पनि छ, २० रुपियाँमा १२० किलोमिटर हिँड्न सकिन्छ तर इन्धनको बाइकमा १२० किलोमिटर हिँड्दा कम्तीमा ५२५ रुपैयाँ लाग्छ।नेपालमै विद्युतीय मोटरसाइकलको उत्पादन गरेर ऊर्जा आयातलाई कम गराउँदै लैजान सकिने ।