Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

मानव मस्तिष्कको विकल्प बन्दै ‘च्याटजीपीटी’

गुगलको विकल्पका रुपमा प्रयोग बढ्दो


मानव मस्तिष्कको विकल्प बन्दै ‘च्याटजीपीटी’

एजेन्सी । ३० नोभेम्बरमा सार्वजनिक भएको च्याट जीपीटी बारे अहिले इन्टरनेटमा सर्वाधिक बढी चर्चा भइरहेको छ । ओपन एआई सन् २०१५ मा आर्टिफिसियल इन्टेलिजेन्टस (एआई)लाई विकास गर्न स्थापित गरिएको संस्था हो । प्रविधि क्षेत्रमा दिग्गज कम्पनीमा काम गरिरहेका एलन मस्क, इल्या सट्टेभर, जर्ज ब्रोकम्यान र कम्युटर इन्जिनियर साम अल्टम्यानले स्थापना गरेका हुन् ।

ओपनएआईले मसिन लर्निङ, रोबोटिक्स, अर्थशास्त्र र कम्प्युटर विज्ञानलगायत विभिन्न क्षेत्रमा अनुसन्धान गर्दै आएको छ । यसअघि कम्पनीले डोल्ली नामक एआई टुल विकास गरेको थियो, जसका माध्यमबाट आवश्यकता अनुसारको निर्देशन दिएर फोटो तयार पार्न सक्छौं । हाल सार्वजनिक भएको च्याट जीपीटी एउटा त्यस्तो एआई टुल हो, जसलाई हामी हाम्रो आवश्यकता अनुसारका प्रश्न सोध्न सक्छौं । ओपन एआईका अनुसार यो टुल सार्वजनिक भएको एक हप्तामा करिब १० लाख प्रयोगकर्ता थपिएका छन् ।

च्याट जीपीटी


च्याट जीपीटी अहिले विभिन्न कुराले चर्चामा छ । कुनै विज्ञ मानिसहरूसँग प्रश्न सोध्दा उनीहरूले जति सहजै उत्तर दिन्छन्, च्याट जीपीटीले पनि त्यसरी नै दिने गर्छ । हामीले राखेका प्रश्न, जिज्ञासा अनुसार च्याट जीपीटीले उत्तर तयार पार्छ र हामीलाई पठाउँछ । हरेक पटक ओरिजिनल कन्टेन्ट पठाउने भएकाले त्यसबाट प्राप्त जानकारीलाई विभिन्न प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ ।

यो एआई टुललाई कतिपयले मनोरञ्जनको माध्यम पनि बनाएका छन् । (जेनेरेटिभ प्रि–ट्रेनिङ ट्रान्सफर्मर) भाषा मोडेल र डोटा २–प्लेइङलगायत धेरै प्रभावशाली प्रविधि र उपकरणहरू विकास गरेको छ। एआई बोट, ओपनएआई फाइभ। ओपनएआई एआईको जिम्मेवार विकास र प्रयोगलाई बढावा दिन प्रतिबद्ध छ, र यस लक्ष्यलाई अगाडि बढाउन धेरै पहल र साझेदारीहरू स्थापना गरेको छ ।


अन्तर्राष्ट्रिय सञ्चारमाध्यम दि वाल स्ट्रिटका अनुसार च्याट बट एउटा त्यस्तो निःशुल्क उपलब्ध हुने आर्टिफिसियल इन्टेलिजेन्स च्याट बट हो, जसले हाम्रा हरेक प्रश्न वा जिज्ञासाको चित्तबुझ्दो जवाफ दिन्छ । तपाईँले आफ्ना लागि प्रेमगीत लेख्न भन्नुभयो वा अन्य कुनै कुरा लेख्न भन्नुभयो भने यो टुलले तपाईँले उपलब्ध गराएका जिज्ञासा अनुसार गीत तयार पार्छ । आफ्नो मस्तिष्कमा जे प्रश्न आउँछन्, तपाईँले ती प्रश्न सोध्न सक्नुहुन्छ ।

हामी मानवलाई दुई असम्बन्धित विषयमा केही लेख्न दियो भने हामी सोचमग्न हुन्छौं । वा त्यसलाई असम्बन्धित छ भनेर छाडिदिन सक्छौं । तर, यो टुलले दुई असम्बन्धित विषयलाई पनि कसरी जोड्न सक्छ भन्ने कुरा हामी कल्पना पनि गर्न सक्दैनौँ । हरेक पटक ओरजिनल रिप्लाई दिँदा हामीले कोही मानिसहरूसँग कुरा गरेको आभास हुन्छ ।

उत्तरहरू च्याट जीपीटीले कसरी तयार पार्छ ?


च्याट जीपीटी जस्तो एआईलाई कम्पनीले विभिन्न स्रोतबाट संकलन गरेको अर्बौं डेटा उपलब्ध गराएर तालिम दिइएको  हुन्छ । विशेषगरी इन्टरनेट र अन्य विविध स्रोतबाट विभिन्न विषयसँग सम्बन्धित डेटा उपलब्ध गराइएको हुन्छ । इन्टरनेटमा भएका अधिकांश कुराहरू यस च्याटबोटसँग छन् भन्दा फरक पर्दैन । विशेषगरी विभिन्न जानकारीको भण्डार विकिपेडिया जस्ता प्लेटफर्मबाट यो च्याटबटले तालिम लिएको हुन्छ । आवश्यक परेको खण्डमा विभिन्न स्रोतबाट जानकारी निकाल्छ र हामीले सोधेका वा राखेका जिज्ञासाको उत्तर दिन्छ ।

चर्चित किन भयो ?
च्याट जीपीटी मात्र नभई एआई प्रयोग भएका अन्य विभिन्न टुलहरू मानिसको रोजाइमा परेका हुन्छन् । एआई टुल प्रयोग भएका फेसबुक, गुगल, युट्युब, ट्वीटर, इन्स्टा जस्ता प्लेटफर्म हामी दैनिकजसो प्रयोग गरिरहेका हुन्छौं । च्याट जीपीटीले पनि हाम्रो आवश्यकता अनुसार प्रश्नको उत्तर र साथै समस्याको हलको उपाय दिने भएकाले धेरैको रोजाइमा परेको छ । यसअघि ओपन एआईले तयार पारेका विभिन्न टुलहरू चर्चित बनेका छन् ।

यसलाई सब्स्क्रिप्सन मोलेमा लिएर कम्पनीले २०२४ मा वार्षिक एक अर्ब डलर आम्दानी गर्ने लक्ष्य राखेको छ । कम्पनीले आर्थिक रणनीतिका बारेमा हालसम्म कुनै खुलासा नगरे पनि २०२३ सम्म २० करोड डलर र २०२४ मा एक अर्ब डलर आम्दानी गर्ने लक्ष्य राखेको कुरा बाहिरिएको छ । गुगलको सम्भावित ठूलो प्रतिस्पर्धीका रूपमा हेरिएको यस प्लेटफर्मले ठूला लगानीकर्तालाई आकर्षित गरिरहेको छ ।

गुगलको विकल्प


यसलाई गुगलको विकल्प समेत भन्न थालिसकेका छन्, तर, यो अहिले नै गगुलभन्दा राम्रो विकल्प हैन । यसलाई तुलना गर्ने समय पनि भइसकेको छैन । तर, यसको खास विशेषताहरुले यसलाई भविष्यमा गुगलको विकल्पमा रुपमा समेत चर्चा गरिएको सजिलै बुझ्न सकिन्छ । केही कुरा इन्टरनेटमा खोज्न त अहिले पनि गुगल नै उत्तम विकल्प हो । यसका फिचरले धेरैलाई बेरोजार बनाउनसक्ने भन्दै आशंकासमेत व्यक्त भएका छन् । यसको ‘क्रियटिभ फिल्ड’मा काम गरिरहेका कतिपयको जागिर खोस्ने आशंका व्यक्त भएका हुन् । यो प्रणाली जानकारी प्रदान गर्न र प्रश्नहरुको जवाफ दिन मात्रै डिजाइन गरिएकाले यसलाई मानव जीवनमा हानी निम्त्याउने जोखिम भने छैन ।

भविष्यलाई प्रभावकारी प्रविधि


च्याट–जीपीटीका सीमाहरु भएपनि यो मेसिन लर्निङ भएकाले मानिससँग अन्तरक्रिया गर्दा समयसँगै अझ राम्रो हुँदै जाने अपेक्षा गरिएको छ । यसले कम्प्युटर प्रोग्रामिङलाई पनि सहज बनाउनेछ । आधारभूत कोडिङको ठूलो हिस्सा अब एआईको सहयोगमा सहज रुपमा गर्न सकिने भएको छ । भविष्यमा यो प्रविधिको प्रभाव शिक्षा क्षेत्रमा छिटो देखिने छ । अलमलिएका विद्यार्थीले जब च्याट–जीपीटीमा प्रश्न गर्नेछन्, उनीहरुले धेरै कुराको सजिलै उत्तरहरु पाउनेछन् ।