काठमाडौं,नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सले पोखरामा नयाँ सोरुम सूरु गरिएको छ।नयाँ सोरुममा सिट्रोन इसिथ्री र सिट्रोन सिथ्री मोडल उपलब्ध हुने कम्पनीले बताएको छ।
यातायात व्यवस्था कार्यालय सवारी गण्डकीका कार्यालय प्रमुख डिल्लीराज रिजाल र सिट्रोनका लागि नेपालको आधिकारिक विक्रेता सांग्रिला मोटर्सका असिस्टेन्ट जनरल म्यानेजर किरण श्रेष्ठले कार्यक्रमबीच सोरुमको उद्घाटन गरेका छन् ।