Sunday, August 24, 2025

२०८२ भाद्र ८, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

हुन्डाईले 'फेस्टिभ कार्निभल'आयोजना सञ्चालन गर्ने


हुन्डाईले 'फेस्टिभ कार्निभल'आयोजना सञ्चालन गर्ने

काठमाडौं,आउँदै गरेको नेपालीहरूको महान चाड दसैं, तिहार र छठको अवसरमा हुन्डाई नेपालले फेस्टिभ कार्निभल आयोजना गर्ने लागेको छ। चाडपर्व लक्षित हुन्डाई फेस्टिभ डिलाइटअन्तर्गत हुन्डाई फेस्टिभ कार्निभल असोज १९ गतेदेखि २१ गतेसम्म देशभरका सबै सोरुमबाट सञ्चालन हुने कम्पनीले बताएको छ।

हुन्डाई फेस्टिभ कार्निभल ग्राहकसँग प्रत्यक्ष भेटघाट गरी शुभकामना आदानप्रदान गर्दै विभिन्न कार्यक्रम आयोजना गरी मनाइनेछ। कार्निभलमा हुन्डाईका सबै सोरुममा फरक–फरक कार्यक्रम आयोजना गरिनेछ।

लाइभ फुड स्टल, लाइभ सांगितिक प्रस्तुति, किड्स प्ले जोन, गाडीसम्बन्धी आवश्यक विभिन्न टिप्स र ट्रिक्स, निःशुल्क गाडी परीक्षण, मूल्यांकन तथा एक्सचेन्ज सुविधा, इभी गाडीसम्बन्धी विशेष जानकारी तथा अन्तर्क्रिया कार्यक्रम, इभी हाई भोल्टेज ब्याट्री चेकअप, मोटर र्‍याली जस्ता कार्यक्रम सञ्चालन हुनेछन्।

तीनदिने कार्निभललाई रोचक बनाउन हुन्डाई टिकटक कन्टेस्ट, एक्सटर ट्रेजर हन्ट, डेल्ली टेस्ट ड्राइभ एन्ड विन र महिला चालकहरूप्रति लक्षित हुन्डाई ह्विल्स अल हिल्स जस्ता कार्यक्रम पनि आयोजना गरिने कम्पनीले बताएको छ। कार्निभलमा आयोजना गरिएका प्रतियोगितामा सहभागी भई विजेता हुनेले वासिङ मेसिन, माइक्रोवेब ओभन, मिक्सर ग्राइन्डरलगायत उपहार पाउने कम्पनीको बताएको छ।