वडा सदस्यलाई कारबाहीको माग गर्दै गाउँपालिकामा काम रोकियो
बर्दिया, २५ असार । बर्दियाको गेरुवा गाउँपालिकाका कर्मचारीहरुले वडा सदस्य वीरेन्द्रबहादुर शाहलाई कारबाहीको माग गर्दै कामकाज बन्द गरेका छन् । गाउँपालिकाको वडा नम्बर ५ का सदस्य शाहले कार्यालयमा तोडफोड गर्दै कर्मचारीहरुलाई ज्यान मार्ने धम्की दिएको भन्दै...