Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

निशुल्क भीपीएन प्रयोग नगर्न प्राधिकरणको आग्रह, बैंकिङ्ग डेटा चोरी हुने संभावना


निशुल्क भीपीएन प्रयोग नगर्न प्राधिकरणको आग्रह, बैंकिङ्ग डेटा चोरी हुने संभावना

काठमाडौं । इन्टरनेटको पहुँचलाई सुरक्षित बनाउन भर्चुअल प्राइभेट नेटवर्क भीपीएन प्रयोग गरिने भए पनि इन्टरनेटमा निशुल्क उपलब्ध हुने भीपीएनको जथाभावी प्रयोग जोखिमपूर्ण हुने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

अघिल्लो साता सरकारले सामाजिक सञ्जाल प्लाटफर्म टिकटक बन्द गर्ने घोषणा गरेयता भीपीएन प्रयोग गरेर टिकटक चलाउने क्रम बढेपछि नियामक दूरसञ्चार प्राधिकरणले फ्री भीपीएन नचलाउन भन्दै हाल सूचना प्रकाशित गरेको छ ।

इन्टरनेटमा सजिलै प्राप्त हुने अधिकांश निस्शुल्क भीपीएनहरूमा डाटाको सुरक्षा तथा गोपनीयतासँग सम्बन्धित कमजोरीहरू रहेको अध्ययनहरूले देखाएका छन्, प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, फ्री भीपीएनको प्रयोग गर्दा विभिन्न जोखिमहरू हुने भएकोले फ्री भीपीएन प्रयोग नगरौंरनगराऔं । फ्री भीपीएन प्रदायकहरूले प्रयोगकर्तासँग सम्बन्धित तथ्यांक संग्रह गर्ने र तेस्रो पक्षलाई बिक्रीरवितरण गर्ने सम्भावना हुने भएकाले त्यस्ता भीपीएन जोखिमपूर्ण हुने प्राधिकरणले जनाएको छ ।

त्यस्तै, फ्री भीपीएन प्रदायकहरूले प्रयोगकर्ताका अनलाइन गतिविधि अनाधिकृत रूपमा निगरानी गर्ने सम्भावना रहनुका साथै त्यस्ता भीपीएनमार्फत इन्टरनेट प्रयोग गर्दा इन्टरनेटको गति तथा गुणस्तर कम हुने सूचनामा उल्लेख छ ।

फ्री भीपीएनका माध्यमबाट प्रयोगकर्ताका कम्प्युटररमोबाइल डिभाइसमा मालवेयर डाउनलोड हुन सक्ने र यसले प्रयोगकर्ताको प्रणाली र संवेदनशील डाटालाई हानी पुर्‍याउने सम्भावना रहनेबारे प्राधिकरणले सर्तक हुन अनुरोध गरेको  छ । त्यति मात्र नभएर, फ्री भीपीएन प्रयोग गर्दा ह्याकिङको निसानमा पर्ने सम्भावना पनि बढी रहने भएकाले प्रयोग नगर्न भनिएको छ ।