Tuesday, November 26, 2024

२०८१ मंसिर ११, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बिहिबार अत्यावश्‍यक कामका लागि मात्रै गाडी लिएर निस्कन ट्राफिकको आग्रह


बिहिबार अत्यावश्‍यक कामका लागि मात्रै गाडी लिएर निस्कन ट्राफिकको आग्रह

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गर्दै भोलि बिहीबार उपत्यकाका विभिन्न स्थानमा र्‍याली र जुलुस प्रदर्शनको कार्यक्रम रहेकाले अत्यावश्यक काममा मात्रै सवारी साधन लिएर निस्कन आग्रह गरेको छ । ट्राफिक प्रहरी कार्यालयले भोली उपत्यका भर नै सवारी आवगमनमा असहजता श्रृजना हुनसक्ने भएकाले अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन आग्रह गरेको हो ।

ट्राफिकले सडकमा निस्कनु अगाडि १०० वा १०३ मा टेलिफोन गरेर वा ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनेर सडकको अवस्थाको जानकारी लिन समेत सूचित गराएको छ । तपाईंको सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने हुँदा ट्राफिक प्रहरीलाई आवश्यक सहयोग गर्नहुन विनम्र अनुरोध गर्दछौं,सूचनामा भनिएको छ ।

बिहीबार उपत्यकामा दुर्गा प्रसाईं समूह र एमालेको भातृ संगठन युवा संघको र्‍याली तथा जुलुसको कार्यक्रम रहेको छ । सो कार्यक्रमलाई लक्षित गरी यस अघि नै काठमाडौं तथा ललितपुर जिल्ला प्रशासन कार्यालयले विभिन्न स्थानलाई निषेधित क्षेत्र घोषणा समेत गरी सकेको छ ।