Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मुख्यचाड सकिएसंगै बैंक तथा वित्तीय संस्थाहरुद्धारा ऋणीलाई तनाव दिन सुरु, किस्ता तथा ब्याज तिर्न ताकेता


मुख्यचाड सकिएसंगै बैंक तथा वित्तीय संस्थाहरुद्धारा ऋणीलाई तनाव दिन सुरु, किस्ता तथा ब्याज तिर्न ताकेता

काठमाडौं । दशै तिहार तथा छठ जस्ता मुख्य चाडपर्व सकिए बैंक तथा वित्तीय संस्थाहहरुले ऋणीहरुलाई दुःख दिन थालेका छन । बाणिज्य बैंक तथा विभिन्न वित्तीय संस्थाहरुले अहिले ऋणीलाई फोन गर्ने र ऋणको ब्याज तथा किस्ता तिर्न ताकेता गर्ने गरेको गुनासो बढेको हो । पछिल्लो समय सहकारी संस्थामा वित्तीय संकट आएसंग अहिले अधिकांस व्यवसायी संग ऋणलिन बाध्य भएका छन ।

महंगो ब्याजदरमा ऋण लिनुपर्ने बाध्यताकाबीच बैंकले थप समस्या दिएको एक व्यक्तीले गुनासो गरे । देश पछिल्लो केहि महिना आर्थिक तरलताकाबीचमा छ । तर, बैंकहरुले ऋणीहरुलाई मार्ने काम गरेको कतिपयको गुनासो छ। केहि समय अघि एनआइसी एसिया बैंकले ऋणीको घरमै सुरक्षा गार्ड पठाउने, ऋणीको निगरानी गर्ने जस्ता सामाजिक पहिचानमा आच आउने गरि काम गरेको भन्दै धेरै विरोध तथा आलोचना भएको थियो ।

बैंक तथा वित्तीय संस्थाको ज्याजतीका विरुद्धमा व्यवसायी दुर्गा पर्साँइले बिहिबार काठमाडौंमा विरोधको कार्यक्रम आयोजना गरेका छन। जुन कार्यक्रमबाट धेरै बैंक तथा वित्तीय संस्थाहरुको कु कर्म खुल्ने सम्भावनाका बिचमा बैंकहरुले तिहार लगत्तै ताकेता गर्न थालेको एक व्यवसायीले बताए । विजनेस दर्शनसँगको कुराकानीमा काठमाडौंका एक व्यवसायीले भने, कपनमा रहेको माछापुच्छ्रे बैंकको शाखाले अहिले ऋणीहरुलाई बारम्बार फोन गर्ने, किस्ता तथा ब्याज तिर्न ताकेता गर्ने, कुनै पनि हालतमा पैसा तिर्न दवाव दिने जस्ता क्रियाकलाप गर्न थालेको एक व्यवसायीले बताए ।

बारम्बार फोन आउछ, नठाउ ऋण लिएको छु, नउठाउ एउटै विषयमा कति जवाफ दिनु रु उनले भनेःव्यवसाय चौपट छ, कतैबाट पैसा आउने ठाउँ छैन, बैंकलाई केहि समय दिन माग गर्दा पनि सुनेको छैन। कपन स्थीत माछापुच्छ्रे बैंक शाखाका एक कर्मचारीले बारम्बार फोन गर्ने, गुण्डा शैलीमा बोल्ने जस्ता क्रियाकलाप बढेको छ । उनले भने । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कारण आत्महत्या गर्ने,आत्मदाह गर्ने, वेपत्ता हुने जस्ता धेरै घटना भएका छन । सो बैंक एउटा पात्रमात्रै हो । समस्या अहिले अधिकांस बैंक हरुले सोहि समस्या पार्दै आएका छन ।

गत बर्ष माघमा संघीय संसद् भवन नयाँ बानेश्वर अगाडि इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय प्रेमप्रसाद आचार्यले आत्मदाह गरेका थिए । गम्भीर घाइते भएका थिए। पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो। घटनास्थलबाट तत्कालै उद्दार उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको थियो ।

उनले व्यापारमा लागेको ऋण र आफनो व्यवसायबाट सामान दिएकाले समयमा रकम भुक्तानी नगरेको जस्ता कारण देखाएका थिए । त्यस्तै न्युरोडमा एक कपडा व्यवसायीले बैंक तथा वित्तीय संस्थाको ऋणका कारण आत्महत्या गरेका थिए । त्यस्तै, केहि दिनअघि मात्रै एक कालाकारले आर्थिक संकट र चर्को व्याजमा कारोबार गरेको लगाएतका कारण आत्महत्या गरेकी थिइन । भने,पछिल्लो समय यस्ता धेरै घटनाहरु नेपालमा भएका छन ।