काठमाडौं । नेप्से परिसूचक २०.६७ अकंले बढेको छ । मंगलबार २३.८२ अंकले घटेको सेयर बजार बुधबार दोहोरो अंकले बढेको हो । नेप्से परिसूचक १८५०. ३३ अकंमा सीमित हुँदा एक अर्ब आठ करोड ७० लाख ९८ हजार चार सय ९५ बराबरको कारोबार भएको हो ।
२९४ कम्पनीको ४२ लाख १३ हजार २८५ कित्ता सेयर ४३ हजार पाँच सय ८३ पटक खरिदबिक्री भएको छ । मंगलबार ९४ करोड ४ लाख रुपैयाँको कारोबार हुँदा बुधबार एक अर्ब आठ करोड ७० लाख ९८ हजार ४९५ बराबरको कारोबार भएको हो ।
म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव ०३ प्रतिशतले घटेको छ भने अन्य सबै समूहको उपसूचक बढेको छ । होटल तथा पर्यटन ३.४९ र जलविद्युत् समूह २.३६ प्रतिशतले बढेको छ । मूल्यकाे आधारमा सबैभन्दा धेरै बुद्धभूमि नेपाल हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्यो ।
पञ्चकन्यामाई हाइड्रोपावर र माथिल्लो मैलुङ खोला ९.९, थ्री स्टार ९.७, पिपुल्स हाइड्रोपावरको ९.४ प्रतिशतले मूल्य बढ्यो । सयपत्री हाइड्रोपावर सबैभन्दा धेरै ८.१ प्रतिशतले घट्यो ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको १० करोड ७६ लाख तीन हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने प्राइम कमर्सियल बैंक प्रमोटर सेयर अगाडि रहे । प्राइम कमर्सियल बैंक प्रमोटर सेयर आठ लाख ५० हजार १० कित्ता कारोबार भएको छ ।