काठमाडौं । नेपाल राष्ट्र बैैक बैङ्क तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा करिब डेढ अर्ब रुपै याँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको सो रकम क वर्गका वाणिज्य बैंक वर्गका विकास बैंक ग वर्गका फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । राष्ट्र बैंक वाणिज्य बैंकमा १ अर्ब १७ करोड ६० लाख रुपैयाँ, विकास बैंकमा २२ करोड पाँच लाख रुपैयाँ र फाइनान्स कम्पनीहरूमा सात करोड ३५ लाख रुपैयाँ गरी कुल एक अर्ब ४७ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्न लागेको हो ।
राष्ट्र बैंकले निक्षेप २०८० असार १ देखि २०८१ असार २ गतेसम्म ३६६ दिन अवधिको लागि राख्न लागेको हो । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरूले जेठ २५ गते बिहीबारसम्ममा ब्याजदर प्रस्ताव पेस गरिसक्नुपर्ने छ । राष्ट्र बैंक निक्षेप लिनका लागि बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनुपर्ने छ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी कोष कायम हुनुपर्ने छ ।
त्यसै गरी निक्षेप लिनका लागि निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैङ्कले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको हुनुपर्ने, शीघ्सु धारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको हुनुपर्ने, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने जस्ता सर्त तोकिएको छ ।