Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्रिमियम मूल्यमा असार १ देखि पहिलो चरणको आईपीओ जारी गर्दै आइएमई लाइफ


प्रिमियम मूल्यमा असार १ देखि पहिलो चरणको आईपीओ जारी गर्दै आइएमई लाइफ

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यको आईपीओ निष्कासनका लागि मिति तय गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि असार १ देखि १५ गतेसम्म र सर्वसाधारणलाई असार २० देखि २४ गतेसम्म आईपीओ निष्कासनको मिति तय गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १२ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो भने कम्पनीका कर्मचारीलाई ६ लाख कित्ता, सामुहिक लगानी कोषहरूलाई ६ लाख कित्ता आईपीओ विक्री गर्नेछ । यीबाहेक बाँकी ९६ लाख कित्ता भने आम सर्वसाधारणलाई सार्वजनिक निष्कासनमा ल्याउनेछ । दुवै समूहका लगानीकर्ताले यो आईपीओ खरीदका लागि आवेदन दिँदा न्यूनतम १० देखि अधिकतम १० हजार कित्ताको लागि दिन सकिने व्यवस्था छ ।

कर्मचारीका लागि प्रतिकित्ता १०० अंकित मूल्यमै आईपीओ विक्री गर्ने कम्पनीले अन्यमा भने प्रतिकित्ता १०० अंकित मूल्यमा प्रिमियमबापत १३६ दशमलव ९१ थप गरी प्रतिकित्ता २३६ दशमलव ९१ मा आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेड रहेको छ । हाल २ अर्ब ८० करोड चुक्ता पूँजी रहेको कम्पनीको आईपीओ निष्कासनपछि चुक्ता पूँजी ४ अर्ब पुग्नेछ ।

आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले समयमै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनीको संकेत गर्ने केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । आर्थिक वर्ष ०७८/७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी १ अर्ब ७ करोडभन्दा बढी सञ्चित नाफा गरेको छ । वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १७६ दशमलव ५३ रहेको छ ।