काठमाडौं । कामना सेवा विकास बैंक र सिजि मोटर्सबीच कर्जा सेवा सम्बन्धी सम्झौता भएको छ ।
कामना सेवा विकास बैंकले विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिजि मोटर्स प्रा. लि.सँग शुक्रबार सम्झौता गरेको हो ।
कामना सेवा विकास बैंकले आज एक प्रेस विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको छ । विज्ञप्तीअनुसार बैंकका तर्फबाट नायव कार्यकारी अधिकृत श्री विनय दाहाल र सिजि मोटर्सको तर्फबाट कार्यकारी अधिकृत श्री हेमन्त अग्रवालले एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता पश्चात् सिजि मोटर्सका विद्युतीय सवारी साधन खरिद गर्न चाहाने ग्राहकहरुले कामना सेवा विकास बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्ने भएको छ ।