Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

स्ट्यान्डर्ड चार्टर्ड बैंकमा पहिलो पटक नेपाली सिइओ बने गोरख राणा


स्ट्यान्डर्ड चार्टर्ड बैंकमा पहिलो पटक नेपाली सिइओ बने गोरख राणा

काठमाडौं । विदेशी संयुक्त लगानीको बैंक स्टयाण्डर्ड चार्टर्डबैंकमा नेपालको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पहिलो पटक नेपाली नियुक्त भएका छन्।

बैंक स्थापनाको करिब ३७ वर्षपछि सन् २०२५ जनवरी एकदेखि लागु हुने गरेर बैंकमा गोरख राणा प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन्।

हाल नायव प्रमुख कार्यकारी अधिकृत रहेका राणा ३० वर्षदेखि स्टयाण्डर्ड चार्टर्ड बैंकमै कार्यरत छन्।

सन् १९८७ मा नेपालमा स्ट्याण्डर्ड चार्टर्ड बैंक सञ्चालनमा आएको थियो। राणासँग नेपालको बैंकिङ उद्योगको बारेमा विस्तृत ज्ञानका साथै ३० वर्षभन्दा लामो बैंकिङ अनुभव रहेको छ। उनले धेरै उद्योग र नियामक फोरमहरूमा स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट प्रतिनिधित्वसमेत गरेका छन् ।

उनी सन् १९९४ मा रिटेल र प्राइभेट बैंकिङमा स्ट्याण्डर्ड चार्टड बैंकमा आबद्ध भए । सन् १९९६ मा कर्पोरेट र संस्थागत बैंकिङमा प्रवेश गरेका उनले रिलेसनसिप म्यानेजर, सिनियर क्रेडिट म्यानेजर, हेड अफ क्लाइन्ट कभरेजलगायतका पदमा रहेर काम गरेका छन् ।

गत वर्षमात्रै विदेशी संयुक्त लगानीको अर्को बैंक एभरेष्टमा पनि पहिलो पटक नेपाली प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए।

राणा दिवंगत राजा वीरेन्द्र शाह र रानी ऐश्वर्यकी छोरी श्रुती शाहका श्रीमान हुन्।