Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सरकारले थप ५ अर्ब आन्तरिक ऋण उठाउँदै


सरकारले थप ५ अर्ब आन्तरिक ऋण उठाउँदै

काठमाडौं । सरकारले थप ५ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउँदै २५ अर्ब ८७ करोड ५० लाख रुपैयाँको नवीकरण गर्ने भएको छ। सरकारका लागि नेपाल राष्ट्र बैंकले २८ दिने अवधिको ट्रेजरी बिलमार्फत ५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै छ । बाँकी भने नवीकरणवाला ऋण छ।

२८ दिने ३ अर्बको नवीकरण गर्दैछ। यसबाह्क ९१ दिने ६ अर्ब ४ करोड ५० लाख रुपैयाँको, १८२ दिने १० अर्बको र ३६४ दिने ६ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नबीकरण गर्न लागेको हो। सोमबार नयाँ र पुरानो आन्तरिक ऋण नवीकरण गरिने छ।

अघिल्लो पटक ९१ दिनेको ब्याज ७.५४ प्रतिशत, ९१ दिनेको ९.१६ प्रतिशत, १८२ दिनेको ९.१३ प्रतिशत र ३६४ दिनेको ८.८० प्रतिशत कायम भएको थियो।

सम्बन्धित सामग्री