Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मोदीले गरे भारतकै सबैभन्दा लामो पुलको उद्घाटन


मोदीले गरे भारतकै सबैभन्दा लामो पुलको उद्घाटन

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतकै सबैभन्दा लामो पुलको उद्घाटन गरेका छन् । मोदीले शुक्रबार सबैभन्दा लामो समुद्री पुल अटल सेतुको उद्घाटन गरेका हुन् । यो पुलले मुम्बईबाट नवी मुम्बई जोड्ने छ।

२१।८ किलोमिटर लामो यो पुलले दुई घण्टा लामो यात्रा अब २० मिनेटमै पूरा हुनेछ । सन् २०१६ को डिसेम्बरमा मोदीले यस पुलको आधारशिला राखेका थिए । पुल निर्माणमा १७ हजार ८४३ करोड भारु खर्च भएको भारतीय मिडियाहरुले लेखेका छन् ।

यो पुललाई मुम्बई ट्रान्स हार्बर सिलिंक (एमटीएचएल) पनि भनिन्छ । यसको १६।५ किलोमिटर भाग समुद्रमा र ५।५ किलोमिटर भाग जमीनमा छ । यो पुलबाट दैनिक ७० हजार सवारी साधन गुड्न सक्छन् । हालका दिन करिब ५० हजार सवारी गुड्ने अनुमान गरिएको छ ।

यो पुलको प्रयोगले वार्षिक एक करोड लिटर इन्धन बचत हुने अनुमान छ । त्यसैगरी प्रदूषणको स्तरमा कमी आउँदा लगभग २५ हजार ६८० मेट्रिक टन कार्वनडाइअक्साइड उत्सर्जनमा पनि कमी आउने छ।

यो पुलमा ४०० सीसीटीभी क्यामेराको प्रयोग भएको छ। पक्षी र समुद्री जीवबाट बच्नका लागि पुलमा साउन्ड बेरियर र अत्याधुनिक प्रकाशकोसमेत प्रयोग गरिएको छ ।

यो पुलको आयु सय वर्ष हुने बताइएको छ । यो पुल बनाउन १।७८ लाख मेट्रिक टन स्टिल र ५।०४ लाख मेट्रिक टन सिमेन्टको प्रयोग भएको छ ।

 

सम्बन्धित सामग्री