Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दैनिक २३ हजार लिटर दूध तराईबाट सङ्कलन गर्दै हेटौँडा


दैनिक २३ हजार लिटर दूध तराईबाट सङ्कलन गर्दै हेटौँडा

काठमाडौं, हेटौँडा दुग्ध वितरण आयोजनाले अहिले दैनिक २३ हजार लिटर दूध तराईबाट सङ्कलन गर्दै आएको छ। सङ्कलितमध्ये आवश्यकता अनुसार काठमाडौँ, विराटनगर र चितवनमा दैनिक १६ हजार पाँच सय लिटर धुलो दूध उत्पादनका लागि पठाउने गरिएको आयोजना कार्यालयले बताएको छ।साथै दैनिक वीरगन्ज, चितवनको नारायणगढ र हेटौँडाको स्थानीय उपभोक्तालाई करिब छ हजार पाँच सय लिटर दूध सुपथ मूल्यमा बिक्री वितरण गर्दै आएको आयोजनाका प्रमुख नवीनकिशोर शर्माले राससलाई बताए।

अहिले मधेस प्रदेशको बारा, सर्लाही, रौतहट र पर्सा तथा बागमतीको मकवानपुरबाट २३ हजार लिटर दूध खरिद गर्ने गरिएको उनले बताए।तराईका चार र मकवानपुरका गरी ९ हजार ३ सय ७५ कृषकबाट दैनिक दूध खरिद गरेबापत मासिकरूपमातीन करोड उपलब्ध गराउँदै आएको प्रमुख शर्माले बताएका छन्। उनका अनुसार यहाँबाट उत्पादित पेडा र लालमोन दैनिक एक सय ६० कार्टुन काठमाडौँका उपभोक्ताको मागबमोजिम पठाउने गरिएको छ।

आयोजनाले दैनिक पासराइट गरेको दूध चार हजार लिटर, दही सात सय लिटर, घिउ सात सय लिटर र पनिर एक सय ४० केजी उत्पादन गर्दै आएको छ। सुक्खा मौसमको समयमा तराईबाट दैनिक आठदेखि नौ हजार लिटरसम्म दूध खरिद गर्न सकिने शर्माको भनाइ थियो।

आयोजनाले आफ्नो लगानीमा सर्लाही, रौतहट र बारामा छ वटा किसान केन्द्र सञ्चालनमा ल्याएको आयोजनाका सूचना अधिकारी कृष्णबहादुर श्रेष्ठले बताए। उनका अनुसार आयोजनामा प्रशासन व्यवस्थापन र मजदुर गरी १ सय १० जनाले प्रत्यक्ष रोजगारीले पाएका छन्।