Monday, January 12, 2026

२०८२ पुष २८, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्रोभिडेन्ट मर्चेन्ट बैंकिङको चुक्तापुँजी ८ करोड


प्रोभिडेन्ट मर्चेन्ट बैंकिङको चुक्तापुँजी ८ करोड

काठमाडौँ । लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आएको प्रोभिडेन्ट मर्चेन्ट बैंकिङले शुक्रबार नवौं साधारणसभा गरेको छ । सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्तिलगायत साधारण प्रस्ताव पारित गरेको छ ।

कम्पनीको मर्जर एक्विजिसन गर्न बोर्डलाई अनुमति दिने, पुँजी वृद्धि गर्ने, नियामक निकाय धितोपत्र बोर्डबाट कर्पोरेट एड्भाइजरी, प्राइभेट इक्विटी, अन्डर राइटर, इस्यु म्यानेजरको कारोबार गर्न अनुमतिका लागि आवेदन गर्नेलगायत विशेष प्रस्ताव पनि पारित गरेको छ