Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चिनियाँ ईभी ब्रान्ड जीकरले लक्जरी स्पोर्ट्स कार लन्च गर्दै


चिनियाँ ईभी ब्रान्ड जीकरले लक्जरी स्पोर्ट्स कार लन्च गर्दै

एजेन्सी । चीनको गिली अटोमोबाइलको इलेक्ट्रिक वाहन ब्रान्ड जीकरले बिहीबार आफ्नो पहिलो लक्जरी स्पोर्ट्स कार लन्च गर्ने बताएको छ, जसको मूल्य १ मिलियन युआन (१ लाख ४० हजार डलर) भन्दा माथि हुनेछ।

यस विषयमा प्रत्यक्ष जानकारी भएका एक व्यक्तिले कम्पनीले केही साताभित्र जीकर ००१ एफआर (Zeekr 001 FR) स्पोर्ट्स कार लन्च गर्ने योजना बनाएको र यसै वर्ष कारको पहिलो ब्याच उपलब्ध गराउने लक्ष्य राखेको बताएको रोयटर्सले रिपोर्ट गरेको छ।

बीवाईडीले आफ्नो लक्जरी ब्रान्ड याङ्गवाङ अन्तर्गत जनवरीमा पहिलो मोडेलको रूपमा १.०९८ मिलियन युआनको प्रारम्भिक मूल्यको साथ इलेक्ट्रिक अफ–रोड एसयूभी लन्च गरेको थियो।

सन् २०२१ मा प्रिमियम इभी ब्रान्डको रूपमा स्थापित, जीकरसँग १,८९,८०० युआनदेखि ४,९९,००० युआन सम्मको मूल्य सुरु हुने गरी बिक्रीका लागि तीनवटा मोडलहरू राखेका छन्।