Monday, January 12, 2026

२०८२ पुष २८, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

रासायनिक मलको अभाव हटाउँनेःप्रधानमन्त्रीको दाबी


रासायनिक मलको अभाव हटाउँनेःप्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री दाहालले रासायनिक मलको अभाव हटाएको दाबी गरेका छन् । बुधबार संसदमा बजेटमा उठेको प्रश्नको जवाफ दिंदै उनले यस्तो दाबी गरेका हुन् । यो आर्थिक वर्षमा ७८. ५ मेट्रिकटनको आपूर्ति निश्चित भएको र सरकारले १ लाख ९५ हजार ९ सय मेट्रिकटन मल आयात भएर पनि १ लाख ४५ हजार ९ सय मेट्रिकटन मल वितरण भइसकेको दाबी गरेका हुन् ।

मलको हाहाकार हुने कुरा सञ्चार माध्यमका हेडलाइन बन्थे । तर, त्यसलाई बदलेर मल अभाव नहुने अवस्था बनाएका प्रधानमन्त्री दाहाल बताएका छन् । आगामी आर्थिक वर्षका लागि मल अभाव हुन नदिन ३० अर्ब रुपैयाँ विनियोजन गरेको पनि प्रधानमन्त्री दाहालले बताए। देशमै रासायनिक मल उद्योग खोल्नका लागि लगानी बोर्डले अध्यायन गरिरहेको भन्दै प्रधानमन्त्री दाहाल भारतसँग आपसी सहकार्यमा मल कारखाना खोल्न छलफल गरिरहेको  पनि बताएका छन्  ।