Monday, January 12, 2026

२०८२ पुष २८, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्से परिसूचक ३५.६७ अंकले घट्यो


नेप्से परिसूचक ३५.६७ अंकले घट्यो

काठमाडौं,साताको पहिलो दिन नेप्से परिसूचक ३५.६७ अंकले घटेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.७९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.४९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०७ अंक घटेको छ। यस दिन २८९ स्टकको ५९ हजार १७१ पटकको कारोबारमा १ अर्ब ८० करोड १७ लाख रुपैयाँ बराबरको ५८ लाख १५ हजार कित्ता शेयर खरिद बिक्री भएको छ। यस दिन बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्य सर्वाधिक ९.५९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन सिद्धार्थ इन्भेष्टमेन्ट इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाई मूल्य ९.४० प्रतिशत बढेको छ।

यस दिन दुई स्टकको नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन हिमालयन लघुवित्त वित्तीय संस्था र गरिमा डिबेञ्चर २०८५ को मूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६ करोड ७३ लाख ८१ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

त्यस्तै, यस दिन रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साढे ५ करोडको शेयर कारोबार भएको छ भने नबिल बैंकको ५ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भएको छ। यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.७२ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन, लगानी र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशत भन्दा बढी घटेको छ भने बाँकी उपसमूहको परिसूचक १ प्रतिशत भन्दा बढी घटेको छ।