Monday, January 12, 2026

२०८२ पुष २८, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

स्वास्थ्य क्षेत्रमा ८३ अर्ब ८९ करोड बजेट


स्वास्थ्य क्षेत्रमा ८३ अर्ब ८९ करोड बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ को लागि स्वास्थ्य क्षेत्रमा कुल ८३ अर्ब ८९ करोड बजेट विनियोजन गरेको छ।

सरकारका अर्थमन्त्री डा. प्रकाशरण महतले आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट पेस गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि उक्त आकारको बजेट विनियोजन गरेको सार्वजनिक गरेका हुन्।

संसद्को संयुक्त बैठकमा अर्थमन्त्री महतले अस्पताल संरचना निर्माण, निःशुल्क औषधि वितरण, स्वास्थ्य बिमा, दुर्गमलक्षित स्वास्थ्य कार्यक्रम, उपकरण खरिदलगायतको लागि बजेट छुट्याइएको उल्लेख गरे।