नेपालमा एक वर्षमा झण्डै ४ करोड पिस कण्डम आयात भएको छ । भन्सार विभाग मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१—०८२ को वार्षिक तथ्याङ्क अनुसार नेपालमा विभिन्न देशबाट ३ करोड ९२ लाख ३२ हजार पिस कण्डम आयात भएको हो । सबै भन्दा धेरै भारतबाट ३ करोड ७१ लाख पिस कण्डम आयात भएको हो ।
यस्तै चीनबाट ८ लाख ३१ हजार, कोरियाबाट ७ लाख ७३ हजार, मलेसियाबाट ४ लाख ५५ हजार, थाइल्याण्डबाट ६९ हजार र उज्बेकिस्तानबाट ३२ पिस कण्डम आयात भएको हो । नेपालमा कण्डम आयात गर्दा २४ करोड ६९ लाख ८७ हजार खर्च भएको छ । यसबाट जम्मा ५५ हजार मात्रै भन्सार महसुल सङ्कलन भएको छ ।