Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

हाँडीगाउँमा माटोको कला सम्बन्धी उद्यम विकास हुन सक्छ — उपप्रमुख डंगोल


हाँडीगाउँमा माटोको कला सम्बन्धी उद्यम विकास हुन सक्छ — उपप्रमुख डंगोल

काठमाडौँ । एक वडा एक उद्यम कार्यक्रमअन्तर्गत वडा नं. ५ हाँडीगाउँलाई माटो सम्बन्धी कलाबाट विकास गर्न सकिन्छ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल भन्नुहुन्छ, ‘परम्परागत सामाजिक जीवनका परम्परालाई निरन्तरता दिन सक्ने हो भने उद्यमशीलता फस्टाउँदै जानेछ । यसबाट स्थानीयबासीको आय स्तरमा सुधार आउनेछ ।’

हाँडीगाउँमा चलिरहेको माटोका भाँडाकुँडा बनाउने तालिम अवलोकनका क्रममा शुक्रबार उहाँले भन्नुभयो, ‘परम्परागत सिपले पहिचान पनि बढ्छ । उद्यमशील पनि बढ्छ ।’

अवलोकनका क्रममा उहाँले प्रशिक्षकहरुसँग सिकाइका अनुभवका विषयमा जानकारी लिनुभएको् थियो । त्यस्तै प्रशिक्षार्थीहरुसँग सिप सिकेर के गर्नुहुन्छ, सिकाइ कस्तो लागि रहेको छरु जस्ता जिज्ञासा राख्नुभएको थियो ।

माटोका भाँडाकुँडा बनाउनेजस्तै काठको कला, सुकुल बुन्ने कलालगायत सिप सिकाइँदैछ ।