Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर बजार २६७६ अंकमा झर्‍यो, कारोबार घट्यो


सेयर बजार २६७६ अंकमा झर्‍यो, कारोबार घट्यो

काठमाडौँ । सोमबार सेयर बजार परिसूचक (नेप्से) १२.८४ अंकले घटेको छ । दोहोरो अंकल बजार घट्दा परिसूचक २६७६ बिन्दुमा ओर्लिएको छ । आज कुल १३८ कम्पनीको सेयर मूल्य घटेको छ । ९२ कम्पनीको मूल्य बढेको छ भने १३ कम्पनी मूल्य स्थिर रह्यो ।

सोमबार कारोबार रकममा पनि गिरावट आएको छ । आज ५ अर्ब ६२ करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ । कारोबार रकमका हिसाबले आज एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनी शीर्ष स्थानमा रह्यो । यसको ३५ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ ।

सोमबार सबैभन्दा धेरै इमर्जिङ नेपाल लिमिटेडका शेयर धनीले कमाए । यो कम्पनीको मूल्य ८.७६ प्रतिशतले बढेको हो ।