Monday, January 12, 2026

२०८२ पुष २८, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर लगानीकर्ताका चार सँघले गरे लगानीकर्ता महासँघ बनाउने योजना


सेयर लगानीकर्ताका चार सँघले गरे लगानीकर्ता महासँघ बनाउने योजना

काठमाडौं, सेयर बजारका लगानीकर्ताको चार सँघले लगानीकर्ता महासँघको बनाउने योजना घोषणा गरेका छन्। गत शुक्रबार ४ सँघले बैठक गरेर नेपाल धितोपत्र लगानीकर्ता महासंघ घोषणा गरेका हुन्।सेयर लगानीकर्ताहरुको साझा माग र हकहितको प्रतिनिधित्व गर्दै साझा र एकीकृत शक्ति निर्माण गर्न भन्दै महासँघको घोषणा गरेका हुन्।

नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, स्वतन्त्र पूँजी बजार सुधार संघ र नेपाल जनरल ईन्भेटरर्स एशोसियसन नेपाल धितोपत्र लगानीकर्ता महासंघ घोषणा गरेका हुन्। यसबाहेकका अन्य लगानीकर्ताका संस्था भने महासँघमा सामेल भएका छैनन्।

पूँजी बजार र लगानीकर्तासँग सम्वन्धित भई वैधानिक रुपमा दर्ता भएका संस्थाहरुलाई पनि महासँघमा समेटिनेबताइएको छ। अब पूँजी बजारका सबै समस्याको समाधान र सम्बन्धी कुराहरु महासंघ मार्फत मागहरु एकीकृत रुपमा अगाडी बढाउने बताएको छ।