Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

काठमाडौँ महानगरपालिले दसैँमा बिक्री गरिने खसी बोकालगायत पशुको स्वास्थ्य परीक्षण गर्दै


काठमाडौँ महानगरपालिले  दसैँमा बिक्री गरिने खसी बोकालगायत पशुको स्वास्थ्य परीक्षण गर्दै

काठमाडौं,काठमाडौँ महानगरपालिकाले दसैँमा बिक्री गरिने खसी बोकालगायत पशुको स्वास्थ्य परीक्षण गर्न लागेको छ। आगामी असोज २४ देखि दसैँसम्म चौपायाको स्वास्थ्य परीक्षण गरिने काठमाडौँ महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले बताएको छ।

विभागका प्रमुख डा. अवधेश झाले चाडपर्वमा उपभोक्तालाई स्वस्थकर मासु उपलब्ध गराउने उद्देश्यसहित महानगरपालिकाले खसीबोकालगायत पशुको स्वास्थ्य परीक्षण गर्न लागेको  बताए। विगतमा दसैँमा विभिन्न रोगले ग्रस्त पशुको मासु बिक्री गरेको पाइएकाले यो वर्ष पशुको स्वास्थ्य परीक्षण गर्न लागिएको उनले स्पष्ट पारे।

उनका अनुसार खसीबोका लगायतको चौपाया बिक्री गरिने मुख्य बजारका रूपमा रहेको कलङ्की, प्रदर्शनीमार्गस्थित टुकुचा खोला किनार, बालाजु, कोटेश्वर र खाद्य संस्थानको बिक्री केन्द्रमा चौपायाको स्वास्थ्य परीक्षण गरिने छ। पशु चिकित्सक, सहायक चिकित्सकसहित सात जनाको टोलीले स्वास्थ्य परीक्षण तथा जाँच गर्ने विभाग प्रमुख डा. झाले बताए ।